नगरपालिकाद्वारा एकल पुरुष लाई प्रोत्साहन भत्ता

बझाङ:जयपृथ्वि नगरपालिकाले एकल पुरुष लाई प्रोत्साहन भत्ता दिईने निति अगाडि सारेको छ ।आगामि आर्थिक बर्स २०७७र७८ मा सो भत्ता को व्यबस्था गरिने निति पारित गरिएको छ ।
नगरपालिकाकि उपप्रमुख जुना जाग्री ले निति तथा बजेटमा सो व्यबस्था सार्बजनिक गरेकि हुन । ५० देखि ७० उमेर ननाघेको कुनै किसिमका भत्ता नपाउने एकल पुरुषलाइ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईने व्यबस्था मिलाएको नगर प्रमुख बिरेन्द्र खड्का ले जानकारि गराए ।
यस अघि ७ नम्बर वडा कार्यालयले आर्थिक बर्स २०७५र७६ मा वडा भरिका एकल पुरुष लाई प्रोत्साहन भत्ता बाफत एकमुस्ट प्रतिव्यक्ति रकम २५०० उपलब्ध गराएको थियो ।

अब यहि कार्यक्रम लाई नगरकार्यपालिका ले निति निर्माण गरि नगर भित्र रहेका एकल पुरुष लाई प्रोत्साहन भत्ता बाफत तिन लाख बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मङगल शाहिले बताएका छन । साथै उनले भने (नगर का सबै वडाभरि एकल पुरुष को तथ्याङ्क सङ्कलन भैइरहेको बताए । एकल पुरुष लाई प्रोत्साहन बाफत सम्मान गरिने नगर प्रमुख बिरेन्द्र खडकाले बताएका छन । नगरमा३०० जनाको हाराहारिमा एकल पुरुष रहेका छन ।
चालु आर्थिक बर्षमा नगरपालिकाको सशोधित अनुमान ५७ करोड ६८ लाख ८६ हजार बजेट प्रस्तुत गरिएको छ । चालु खर्च रु ३२ करोड ३७ लाख बजेट रहेको ।