चीनसँगको सीमा विवाद तथ्यहीन, कान्तिपुरद्वारा क्षमायाचना

काठमाडौँ – कान्तिपुर दैनिकमा असार १० गते पहिलो पृष्ठमा प्रकाशित ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारको विषयमा माफी मागेको छ । ‘नेपाल सरकार, कृषि मन्त्रालय’ को प्रतिवेदन भन्दै सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारणबाट गम्भीर तथ्यगत त्रुटि हुन गएको भन्दै कान्तिपुर दैनिकले क्षमा मागेको हो । उक्त समाचारको आधार बनाइएको प्रतिवेदन प्रकाशित नै नभएको कृषि मन्त्रालयले र समाचार गलत रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको समाचार कान्तिपुर दैनिकले यसअघि नै प्रकाशन गरेकाले कृषि मन्त्रालयको स्थलगत प्रतिवेदन भनी दावी गरिएको उक्त दस्तावेज कसले कुन प्रयोजनका लागि तयार पार्‍यो र सरकारी स्रोतहरूले नै त्यसलाई किन सञ्चारमाध्यमहरूलाई उपलब्ध गराए भन्नेबारे आफुहरु सत्यतथ्य पत्ता लगाउन प्रयासरत रहेको कान्तिपुरका प्रधान सम्पादकले लेखेका छन ।