बझाङ जिल्ला भित्र कोरोना संक्रमितको संख्या ७२ पुग्यो

corana

 बझाङ बझाङमा शनिवार २ महिने शिशु सहित ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै जिल्ला भित्र कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र विर अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुङगल नगरपालिका २ महिने शिशु सहित ५ ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै केदारस्यु गाँउपालिका वडा नं २ र३ का २ जना पुरुषमा पनि देखिएको छ । शुक्रबार मात्र केदारस्यु गाँउपालिकाका १० महिने शिशुमा कोरोना संक्रमण देखिएको थियो । हाल सम्म बझाङ जिल्लाका ६ वटा स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टी भएको छ । बुंगल नगरपालिका, विथ्थडचिर, केदारस्युँ, थलारा, खप्तडछान्ना र छविसपाथिभेरा गाँउपालिकामा कोरोनाको संक्रमण देखिएको हो । जिल्ला भरी १६ जना महिला र ५५ जना पुरुष गरेर जम्मा ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशिले बताए ।