प्रगतिशील युवा समाजले गर्यो क्वारेन्टाइनलाइ खाद्यान्न सामाग्रि सहयोग

सत्यराज सिंह –बझाङ  :वल्र्ड भिजन इन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा प्रगर्तिशिल युवा समाजले जयपृथ्वी नगरपालीकाका भित्र रहेका विभिन्न क्वारेन्टाइन र वडाहरुमा खाद्यान्न सामाग्रि वितरण गरेको छ । जसमा जयपृथ्वी नगरपालीकाका मेयर विरेन्द्र खड्का मार्फत नगरपालीका भित्र रहेका क्वारेन्टाइनलाइ ६ सय ४८ के जी चामल , १ सय ८ केजी दाल ,५४ लिटर तेल, ५४ के जी नुन, १ हजार ५ सय १२ गोटा अण्डा, ३ सय २५ के जी आलु, ५४ के जी चिनि, १ सय ५० के जी प्याज वितरण गरेको छ ।

साथै जयपृथ्वी नगरपालकिामा रहेका विपन्न , अपाङ्गता , एकल , अनाथ तथा टुहुरा बाल बालीका , असाय जेष्ट नागरिकहरुलाइ सरकारले गरेको लकडाउनका कारण र यातायातका साधनहरु जिल्लामा नभित्रिएकाले खाध्यमा भएको समस्यालाइ मध्यनजर गर्दै युवासमाजले राहात सामाग्रि वितरण गरेको छ ।

जसमा जयपृथ्वी नगरपालीकाका वडानम्बर १ मा ६० घर परिवार वडा नम्बर ६ का ३७ घर परिवार र वडा नम्बर ८ मा ३४ घर परिवारलाइ प्रर्ति परिवार ३० केजि चामल ३ केजी दाल २ केजी चिनि , २ लिटर तेल, २ के जी नुन , ४ पिस साबुन वितरण गरि सकिएको प्रगतिशिल युवा समाजका टिमलिडर लबराज जोशीले बताउनु भयो ।

साथै जयपृथ्वी नगरपालीकामा २ सय ५० परिवार (वडा नम्बर १ मा ६० परिवार ,वडा नम्बर ८ मा ६५ परिवार, वडा नम्बर ६ मा ६५ परिवार वडानम्बर ,११ मा ६० परिवार ) र केदारस्युँ गाउँपालकिामा २ सय ५० परिवार(वडा नम्बर ३ मा ६५ परिवार ,वडा नम्बर ६ मा ६० परिवार , वडा नम्बर ७ ६० परिवार र वडा नम्बर ८ मा ६५ परिवार) लाइ खाद्यान्न सामाग्रि वितरण गर्न बाकिँ रहेको र केहि ठाउँमा आज पनि वितरण गरिएको जोशीले बताउनु भयो ।