छ “ज” लाई प्राथमिकतामा राखि स्वामीकार्तिकले ल्यायो निती तथा कार्यक्रम

नहकुल जोशी,बाजुरा:

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले “छ ज को आधार, समृद्धिको उपहार” भन्ने मूल मन्त्रलाई अंगिकार गर्दै गाउपालिकामा जल, जंगल, जमिन, जडिबुटी, जनावर र जनशक्तिको उपयोग गर्ने नीति अघि सारेको छ । गाउपालिकाको सातौं गाउँसभामा निती तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चिरन्जीवि शाहीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनु भयो । गाउँसभामा गाँउपालिकाका अध्यक्ष शाहीले कृषि क्षेत्रको आधुनिकीकरण गर्ने र यसका लागि सहकारी, कृषि फर्म र समूलाई प्राथमिकतामा राखेर काम गर्ने गरी निती तयार पारीएको बताउनु भयो ।
गाउँपालिकाले स्थानिय स्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न र त्यसको प्रवर्दन गर्न १० पाथी एक रैथाने बाली, शुरु गछौं यसपालि भन्ने नारालाई आत्मसाथ गर्दै अघी बढ्ने बताईएको छ । शिक्षा क्षेत्रलाई समेत प्राथमिकता दिई जीवनोपयोगि र गुणस्तरीयतामा विशेष जोड दिइने निती गाँउपालिकाले अघी सारेको छ । शिक्षा क्षेत्रमा आधुनिक प्रविधि कम्प्युटर, प्रोजेक्टर, स्मार्टबोर्ड जस्ता आधुनिक प्रविधिको प्रयोग गर्ने निती नीती समेत अघी सारिएको छ ।
त्यस्तै पर्यटन क्षेत्रलाई गाउपालिको प्रमु्ख आय स्रोतको रुपमा अंगिकार गर्दै गाउपालिकाले पर्यटन प्रर्वद्धनमा उदार निती अंगीकार गरेको छ । हाल गाउपािलकाका ४ वटा वडामा सडक सञ्जाल पुगेको बताउदै गाउपालिकाले आगामी आर्थिक बर्षमा ५ वटै वडामा सडक पु¥याउने निती लिएको छ । कोरोनाका कारण गाँउपालिकाको विकास निमार्णलाई गम्भीर असर परेको जनाउदै गाँउपालिकाले आगामी बर्षमा कोरोनासंग जुध्दै विकास निमार्ण र अन्य पूर्वाधारमा उल्लेख्य सुधार गर्ने निती लिएको छ । आज एक कार्यक्रमका विच गाउँ सभामा भौतिक तथा पूर्वाधार समितिका सदशय विरजित कट्टेलले आगामी आर्थिक बर्षका लागि गाउपालिकाको गाउसभामा ३९ करोड, ९१ लाख ६४ हजार रुपैयाको अनुमानित बजेट विनीयोजन गरिएको छ ।

भौतिक पूर्वाधार समितिका संयोजक विरजित कट्टेलले प्रस्तुत गर्नुभएको बजेटमा भौतिक पूर्वाधार तर्फ रु ७ करोड १५ लाख, आर्थिक विकास तर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ ३ करोड, संस्थागत विकास र सुशासन तर्फ २५ लाख, वातावरण तथा विपद ब्यवस्थापन तर्फ ६० लाख विनियोजन गरिएको छ । गाउपालिकाले संघिय सरकारबाट प्राप्त वितिय समानिकरणको ९ करोड, सर्सत अनुदान १४ करोड ३२ लाख, संघिय राजस्व बाँडफाँडबाट ५ करोड ८३ लाख, प्रदेशको समानीकरण अनुदान १ करोड ८४ लाख , विशेष अनुदा २ करोड ६८ लाख गापाको अन्दाजी आय ३ करोड गत बर्षको नगद मौजात ३ करोड गरी सो रकमको आय ब्यय प्रस्तुत गरेको हो ।