मन नै प्रफुल्ल बनाउने बिथ्थड पाटन (फोटो फिचर)

फोटो फिचर बझाङः मान्छे मनमा भएका पिडा भुलाउन र एकान्तमा आनन्द प्राप्त गर्नका लागी धेरै ठाँउ पुग्ने गरेका छन् । तर बझाङमा एउटा यस्तो ठाँउ छ, जहाँको बाताबरण, हावापानी र हरीयालीले मन नै अर्कै बनाउने गर्छ । एकान्तको आनन्द लिनेहरुका लागी बिथ्थड पाटन क्षेत्र साँच्चिकै एउटा भु स्वर्ग नै सावित हुनेछ ।

पर्यटनको अथाह सम्भावना बोकेको पर्यटकिय क्षेत्र बिथ्थड । फोटो: रिदम सिंह

कान्छो खप्तडको उपमा पाएको बिथ्थडचिर गाँउपालिका वडा नं. २ मा रहेका पाटनहरु मनमोहक देखिन्छनु । जुन भुमीमा पाइला टेक्ने जो कोहीले पनी हजारौ दुःख कष्टलाई भुल्दिन्छन् ।

पर्यटनको अथाह सम्भावना बोकेको पर्यटकिय क्षेत्र बिथ्थड । फोटो: रिदम सिंह

पर्यटकिय क्षेत्रको अथाह सम्भावना बोकेको यस क्षेत्रको बिकासका लागी गाँउपालिकाले पिकनिक स्पोर्ट बनाउने देखि लिएर अन्य संरचनाको लागी बिषेश पहल थालेको छ । यो क्षेत्रका पछाडी थुप्रै सम्भावना रहेकाले गाँउपालिकाले पर्यटकिय क्षेत्र बनाउने दृढ संकलप बोेकेको छ ।

पर्यटनको अथाह सम्भावना बोकेको पर्यटकिय क्षेत्र बिथ्थड । फोटो: रिदम सिंह

तर खप्तडको उपमा पाएको यस क्षेत्रको प्रसार प्रचार भने हुन सकेको छैन् । यस क्षेत्रलाई प्रसारप्रचार गरी बाह्य पर्यटकहरु भित्राउन सक्ने हो, भने यहाँको स्थानियको जनजीवन पर्यटनबाट नै फेरिने निश्चित देखिन्छ ।

पर्यटनको अथाह सम्भावना बोकेको पर्यटकिय क्षेत्र बिथ्थड । फोटो: रिदम सिंह

गाँउपालिकाले यस क्षेत्रमा आलु पकेट क्षेत्र समेत बनाएको छ । यस बिथ्थड क्षेत्रमा उतपादन भएको आलु बैतडी, डडेल्धुरा कैलाली लगाएताका जिल्लासम्म पुगने गरेको छ । खाँदा स्वादिष्ट र अर्गानिक आलु फल्ने यो क्षेत्र तरकार खेतीका लागी पनी उर्भर रहेको छ ।

पर्यटनको अथाह सम्भावना बोकेको पर्यटकिय क्षेत्र बिथ्थड । फोटो: रिदम सिंह
                                                                                                                                                                                    फोटो: रिदम सिंह