स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकाल र सल्लाहकार कार्कीबाट अनियमितता भएको सांसदहरुको आशंका

 

काठमाडौं, ८ असार । संसदको सार्वजनिक लेखा समितिले चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा भएको भनिएको अनियमितताबारे प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, स्वास्थ्यसचिव अक्ष्मण अर्याल र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टसँग छलफल गरेको छ ।

लेखा समितिले ९आज० सोमबार गरेको उक्त छलफलबाट उक्त स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा। खेम कार्कीको शंकास्पद भूमिका भएको निष्कर्ष निकालेको छ ।

गत वर्षको चैत १२ गते कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्ने क्रममा स्वास्थ्य मन्त्रालयले सल्लाहकार कार्कीको नेतृत्वमा वार्ता समिति बनाएको थियो । स्वास्थ्य सामग्री खरिदका लागि सो समितिले ओम्नी समूहको नाम सिफरिस गरेको थियो ।

त्यसपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्णय गरेसँगै स्वास्थ्य सेवा विभागले औपचारिक रुपमा ओम्नीसँग सम्झौता गरेको थियो । समितिको प्रारम्भिक अध्ययनले खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिलाई खरिद प्रक्रियामा कुनै भूमिका नदेखिएको पाइएको जनाएको छ ।

उक्त स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिनका लागि गरिएका दौडधुपले अनियमिताताको आशंका जन्मिएको सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाको भनाइ थियो । त्यस्तै, उहाँले स्वास्थ्य सामग्री खरिदपछि पनि गुणस्तर जाँच्ने निकायले रिपोर्ट नै नदिई उक्त सामग्रीहरु वितरण गरिएको पाइएको सुनाउनुभयो ।

‘गैरसरोकारवाला व्यक्तिलाई खरिद प्रकियाको संयोजक बनाएर २४ घण्टाभित्रै खरिद प्रकिया टुङ्ग्याउन के हतार थियो रु’ भन्दै उहाँले स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार कार्कीलाई प्रश्न गर्नुभयो ।

त्यस्तै, नेकपा सांसद धर्मशीला चापागाईंले पनि मन्त्रालयले स्वास्थ्य सामग्री खरिद प्रकियामा गरेको भ्रष्टाचारबारे सबैलाई थाहा भइसकेको बताउँदै बैठकमा उपस्थित मन्त्रालयका अधिकारीहरूलाई ‘कहाँ, कति र कसरी भ्रष्टाचार भयो रु त्यो तपाईहरुनै बताइदिनुस्’ भन्नुभयो ।

यता, नेपाली कांग्रेसका सांसद डाक्टर मीनेन्द्र रिजालले पनि स्वास्थ्य सेवा विभागका महानिर्देशक र मन्त्रालयका सचिवले खरिद प्रक्रियाको नेतृत्व गर्नुपर्नेमा सल्लाहकारलाई संयोजक बनाएर आफ्नो अख्तियारी दुरुपयोग गरेको बताउनुभयो ।

त्यस्तै, उहाँले स्वास्थ्य सेवा विभाग तथा मन्त्रालयका कर्मचारीहरूले गम्भीर त्रुटि गरेकाले नीतिगत भ्रष्टाचार देखिएको उहाँले बताउनुभयो । यसैक्रममा कांग्रेस सांसद राजेन्द्र केसीले पनि खरिद प्रकियाअनुसार महानिर्देशक वा सचिवले पाउने जिम्मा कसरी सल्लाहकारले पाए रु भन्दै प्रश्न गर्नुभयो ।

स्वास्थ्यमन्त्री, सचिव, विभागका महानिर्देशक सबै भेला भएर संयोजनको जिम्मा विज्ञ सल्लाहकारलाई दिनु नै शंकास्पद भएको उहाँले बताउनुभयो । यसैबीच सांसद मिना सुब्बाले ओम्नी र सेना दुवैको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको दाबी गर्नुभयो ।

उहाँले यस प्रकरणमा स्वास्थ्यमन्त्री, रक्षामन्त्री, स्वास्थ्य राज्यमन्त्री, सचिव र विभागका कर्मचारी सबैमाथि छानबिन गर्नुपर्ने बताउनुभयो । त्यस्तै, अन्य सांसदहरुले पनि मेडिकल सामग्री खरिदको अनुभव नभएको ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनु खाद्यान्न व्यापारीलाई मेडिकल सामग्री ल्याउन अनुमति दिएजस्तै भएको बताएका छन् ।

साथै, नेपाली सेनालाई खरिदको जिम्मा दिनु नै स्वास्थ्य सामग्री खरिद प्रकियामा घोटला भएको प्रमाण भएको दाबी गरेका छन् ।