एक कल फोन गर्न डाँडाँ धाउनु पर्ने बाध्यता

डीबी विष्ट,बझाङ, नेपाल टेलिकमले बझाङमा फोर जि संचालन गरेको झण्डै चार महिना पुगेको छ । चैत्रदेखी सुरु गरेको फोरजी सेवा अहिले सदरमुकाममा मात्रै संचालनमा रहेको छ । सदरमुकाम चैनपुर बाहेक अन्य ग्रामीण बस्तिहरुमा भने टेलीफोनको नेटवर्क नहुँदा निकै समस्या हुने गरेको छ । उसो त बझाङको सदरमुकाम चैनपुरमा समेत विहान बेलुका बेला बेला नेटर्क समेत जाने गरेको छ ।
यस्तै जिल्लाको बुंगल नगरपालिकामा नेटवर्क नहुँदा आफन्तहरु लाई फोन गर्न समस्या हुने गरेको यहाँका स्थानीय बासिन्दाले गुनासो गरेका छन् । नगरपालिकाका लागी भन्दै नेपाल टेलीकमले तिन बर्ष पहिला बुंगल नगरपालिका वडा नम्बकर १० को तुमेडा डाँडामा नयाँ टेलीकमको टावर समेत जडान गरेको थियो । टावर जडान गरेको केही केही महिना सम्म सेवा सुचारु रह्यो । स्थानीय बासिन्दामा संचारको पहुँच भएको भन्दै दंग परे । तर उक्त टावरले दिगो रुपमा काम गर्न नसकेको स्थानीय बासिन्दा रामबहादुर धामीले बताउनु भयो । अहिले यहाँका स्थानीय बासिन्दाहरुले कसैलाई संचारका माद्यामबाट खबर पुर्याउन परेको खण्डमा अग्ला अग्ला डाँडाहरुमा पुगेर कुराकानी गर्ने गरेको उहाँको भनाई छ ।
गाँउमा कोही सुत्केरी, घाईते, विरामी पर्दा स्वास्थ्यकर्मीहरु तथा सवारी चालकलाई बोलाउन परेको खण्डमा मान्छेलाई नै पठाउनु पर्ने अवस्था अझै कायमै रहेको धामीले बताए । त्यती मात्रै नभएर अहिले कोभिड १९ ले विश्वभरी नै संत्रास फैली रहेको समयमा विदेश गएका आफन्तहरु संग कुरा गर्न नपाएको यहाँका स्थानीयको गुनासो छ । कहीले काँही दिउसो घाम लागेको दिनमात्रै एक दुई घण्टा मात्रै नेटवर्क आउने र बाँकी समय नेटवर्क नआउने गरेको उनिहरुको दुखेसो छ ।
ईमेरजेन्सि टेलीफोनमा कुरा गर्नु परेको खण्डमा तिनचार घण्टा पैदल हिडेर अग्ला डाँडामा पुगेर फोन गर्नु पर्ने अवस्था आएको निर्मला सिहँले बताईन् । फोर जीको जमानामा बुंगल नगरपालिकामा भने एक कल फोन गर्नै समस्या हुने गरेको उहाँको भनाई छ ।
टेलीफोन सेवा नहुँदा विभिन्न कार्यलयका कामकाजमा समेत बाधा पुग्ने गरेको बुंगल नगरपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर रोकायाले बताए । उनले भने “अफीसको सामान्य कामका लागी समेत जिल्लाको सदरमुकाम चैनपुर पुग्नु पर्ने अवस्था छ । नेटवर्क नहुदा एक सयमा बन्ने काम समेत एक हजार पाँच सय सम्मखर्च हुने गरेको छ ।”
यता बुंगल नगरपालिकाका मेयर धनबहादुर विष्टले भने आफुले यस विषयमा पटक पटक सरोकार वाला संग छलफल तथा भेटघाट गरेको भएपनि अझै काम हुन नसकेको बताए । प्राविधीक कुरा आफ्नो हात बाट हुदैन अहिले पनि बेला बेला टेलीफान गरेर नेपाल टेलीकमका केन्दीय डाईरेक्टर देखी जिल्ला प्रदेश सबै तिर यस विषयमापहल गरी रहेको उहाँको भनाई छ ।
यस विषयमा कुनै पनि सांसदहरुको ध्यान नपुगेको यहाँका स्थानीय बासिन्दाको आरोप छ । चुनाबको मुख्य एजेन्डा लिने गरेका जिल्लाका सांसदहरुले अहिले सम्म यस विषयको उठानसम्म नगरेको आरोप उनिहरुको छ ।
यता नेपाल टेलीकमका केन्द्रीय डाईरेक्टर निर्मल चटौतले भने यस विषयमा आफु हरुको ध्यान पुगेको र बुंगल नगरपालीकाका मेयरले समेत पटक पटक आफुहरुलाई यस विषयमा जानकारी दिने गरेको स्विकार गर्दै अबको एक महिना भित्र सोलार थप गरेर सेवा सुचारु गरीने बताए । पावर कमीका कारण नेटवर्क जाने गरेको बताउदै उहाँले लकडाउनका कारण काम चाँडो हुननसकेको र अहिले सोलार थप गर्नका लागी कामको सुरुवात भएको बताए । साथै उहाँले बुंगल नगरपालीका वडा नम्बर ६ को थलकाँडामा फोर जी सेवा विस्तारका लागी सर्भे भैई सकेको बताउदै उक्तकाम समेत अबको केही महिनाभित्र सेवा संचालन गरीने बताए ।