फोटो पत्रकार महासंघद्धारा पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण

रिदम सिंह, बझाङः नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा बझाङले बिभिन्न मिडियामा कार्यरथ पत्रकार तथा संञ्चारकर्मिहरुलाई प्रेस ज्याकेट बितरण गरेको छ । समाचार संकलनका क्रममा अग्रपंतिमा खटिने पत्रकारहरुलाई बढी जोखिम हुने भएकाले जिल्लाका केही सक्रिय पत्रकारहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कोरोनाको महामारीको यो वेलामा पनी अग्रपंतिमा रहेर समाचार संकलन गर्ने पत्रकारहरुलाई रोकावट तथा समाचारमा संकलनमा कुनै अफ्ठ्यारो नपरोस भन्ने उदेश्यले उक्त प्रेस ज्याकेट बितरण गरिएको हो ।

पत्रकारले आफ्नो पहिचान झल्किने युनिफर्म लगाउनाले समाचार संकलनमा सहजता आउने र पत्रकारहरुको रिर्पाेटिङमा पनी सहज हुने अपेक्षा राखिएको नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष सत्यराज सिंहले जानकारी दिनुभयो । साथै आगामी दिनहरुमा पनी पत्रकारहरुको रिर्पाेटिङमा सहजताका ल्याउनका लागी आफुहले निरन्तर पहल गर्ने र पत्रकारहरुका सुरक्षका लागी प्रदेश र केन्दसँग सहकार्य गर्ने नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा बझाङले जनाएको छ ।

साथै नेपाल फोटो पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशले फोटो संकलन तथा रिर्पाेटिङका लागी आईपर्ने समस्याको अनुगमन गरी प्रतिबेदन समेत सार्वजनिक गरेको थियो । आगामी दिनहरुमा प्रदेश महासंघले पनी पत्रकारको हक हितका लागी निरन्तर आवाज उठाउने र विभिन्न निकायसँग सहकार्य गर्ने नेपाल फोटो पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितीका अध्यक्ष बिवेक नागरीले बताउनु भयो ।