एक छाक भोकै र मकै भएपनी……….रत्न दाईप्रति श्रदासुमन……..।

रमेश केसी, बझाङ,

आफ्नै गाउँ फर्कि आए, नयाँ नयाँ सपना बोकी आए ।
स्वर्गिय कवि तथागितकार रत्न समशेर थापाले
चलचित्र सिमानामा गित लेखे झै,
अहिले मेरा कतिपय दौतरीहरु
आफ्नै गाँउ पर्किन थालेका छन् ।

बिदेशी भुमीलाई कर्म थलो बनाएका,
पल्लो गाँउका
गिठे दाई र बौजु पनी,
आफ्नै जन्म थलोमा
गंगाको ठन्ड पानी
एक छाक भोकै र मकै भएपनी,
गाँउ घर र साथी भाईसँगै,
बाँकी जिवन बिताउन मात्र नभई,
यद्यपी आफ्नै भिर पाखामा
पसिना बगाउने हेतुले
धेरै युवाहरु पनी नयाँ सपना बोकी
बाल्यकालमा बनपाखा सँग लगाएको प्रितलाई
फेरी सधैका लागी नवीकरण गर्न,
कहिल्यै प्रदेश नफर्किने गरी घरदेश आएका छन् ।

रत्न समशेर दाई,
तपाईले सिमाना चलचित्रमा लेखेको गितले,
सार्थक पाएको छ ,
उसो त तपाईले लेखेका गितहरु,
बिछोडका पिडा, घुम्तिमा नआउ है,
जस्ता गितहरु अजम्बरी छन् ।

तपाई यो धर्तीमा नरहेपनी,
यि गितहरु नलेखेको भए,
नारायण गोपाल नारायण गोपाल हुने थिएनन्,
प्रेमध्वज, प्रेमध्वज हुने थिएनन्
म भन्दिन्,
सबैको उत्तिकै शब्द, कला गला र सिप छ ।

तर देशले एउटा पुस्ता गुमाएको छ ।
कुनै समयमा गित र कबि क्षेत्रका हस्ती,
रत्न समशेरलाई गुमाएको छ,
तपाई प्रति,
पन्ध्रौं दिनको पुण्र्य तिथीको
हार्दिक श्रदा सुमन, रत्न दाई……।