मुसलले हानेर हजुरआमाको हत्या, नाती पक्राउ

डडेल्धुरा । डडेल्धुरामा हजुरआमाको हत्या आरोपमा नाती पक्राउ परेका छन् । जिल्लको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा कँुवरगाउँका २४ वर्षीय रोशनराज गिरी पक्राउ परेका हुन् ।

उनले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठ (मुसल) ले बुधबार राति टाउकोमा हिर्काएका थिए । घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।