थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो

काठमाडौं, २८ जेठ । मुलुकमा थप २ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय जना ७९ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ५७ पुरुष र २२ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका ८ जना, झापाका १ जना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका ४ जना, उदयपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । उता, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा भएको परीक्षणमा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भरतपुरमा अस्पतालमा गरिएको परीक्षणमा चितवनका २ जना, कपिलवस्तु १, सप्तरी १ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको छ ।

Home

यस्तै, कास्की प्रयोगशालामा भएको परीक्षणमा नवलपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सर्लाहीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, रुपन्देही प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्यूठानका ६ जना र रुपन्देहीका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, भेरी अस्पताल प्रयोगशालामा बाँकेका ३ जना, बर्दियाका १ जनामा संक्रमण पुष्टि भएको छ । यता, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका २५ जना, जाजरकोटका ३ जना र सुर्खेतका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

थप समाचारका लागी यहाँ क्लिक गर्नुहोस्

त्यस्तै, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेल्धुरामा १ मा संक्रमण देखिएको छ । धुलिखेल प्रयोगशालमा गरिएको परीक्षणमा सर्लाहीका १० जना, कपिलवस्तुका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिलकलमा भएको परीक्षणमा धादिङका १६ जनामा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ११ जना, गोरखाका ४ जना, कपिलवस्तुका २२ जना, नुवाकोटका १ जना, रौतहटका ५३ जना, सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका २ जना, सिराहाका १ जना र उदयपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, हालसम्म १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ३ हजार ८सय ७५ जना छन् । यस्तै, आज ९० जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर १ लाख १० हजार ७सय ४४ जनाको पीसीआर र आरडीटीबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण भएको छ ।