मैले बुझेको राष्ट्रियता

जोग बहादुर कठायत: राष्ट्रियता भुमि र भुगोल संग मात्र सम्बन्धित नभई राष्ट्रियता हरेक नागरिकको जिबन जिउने पद्धति र रोटी संग पनि जोडिएको हुन्छ।हाम्रो देशका लागभग बिसौं लाख नागरिक युवायुवती देखि बृद सम्म भारतका गल्ली गल्लीमा कुल्ली,दरभाना,चौकिदार र कोठीका दासी बनेर जिबिका पार्जन गरिरहेका छन। बिहान उज्यालो नहुदै रोडमा जब हजारौं दाजुभाइहरु आफु हप्तौं न नुहाएर मालिकको गाडी नुहाइ दिन्छन,दशौं तलाका अपार्टमेन्टको गेटमा रातभरि नसुति मच्छर धपाउदै जब नेपाली छोरोले चौकिदारी गरेको देखिन्छ।तब मनै भक्कानिएर राष्ट्रियताको पिरले पोल्न थाल्छ।जब नेपाली चेलीहरु बिहान बिहानै काखीको दुधे बालकलाई बेबारिसे छोडेर मालिकका कोठीमा भाँडा माझ्न जान्छन राष्ट्रियता को भाब गहिरो गरि महासुस हुन्छ।रोडमा हजारौं नेपाली नरनारीहरु अपमान सहित लुटिन्छन, कुटिन्छन, काटिन्छन र मारिन्छन, ता कि पराइको भुमी हो आज देखिएको नेपाली भोलि नदेखिन पनि सक्छ।

थप समाचारका लगी यता क्लिक गर्नुहोस् ।

बर्षौ बर्ष पछि मजदुरी गरेर दुई चार पैसा कमाई जब नेपालको नागरिक घर फर्कन्छ तब यात्रामा कैयौं अपमान र लुटपाट सहनु पर्छ।रेलको यात्रमा जब स्टेशन आउछ तब बर्दीधारी भारतीय प्रहरीले नेपाली अनुहार चिन्नै हुन्न,डण्डा र बन्दुक धारी प्रहरी भन्छन स् ए कुत्ताका अौलात खडा होजा तेरा बापका देश हे क्या ये, निकाल एक हजार नै तो मारमार के हड्डी हलाम करुंगा भनेर जब घाँटीमा समातेर गालामा चढ्कन हान्छन तब एउटा नेपालीको मनमा गहिरो गरि चोट लाग्छ र उ मनमनै भन्छ,कस्तो निच र निरहि देशको नागरिक रहेछु।यदि मेरो देशका शाशकहरुले स्वदेशमै रोजगारी दिएको भए यि बचन किन सुन्नु पर्थ्यो र।जब यात्रा सकेर रेल स्टेसनमा झर्छन फेरि नेपाली अनुहार खोज्दै टिटि बाबाको लुटपाट शरु हुन्छ।रोडका रिक्सावाला देखी बसपार्कका घडी ब्यापारीको अपमान जब थेगी नसक्नु हुन्छ,तब राष्ट्रियताले मन पोल्छ,मुटु भक्कानिन्छ।सयौंको सिकार बनेर फर्केका नेपाली अनुहार कति दयनीय र भाबकारी हुन्छ त्यो त भोग्नेहरुलाई मात्रै था हुन्।
राष्ट्रियता नागरिकको हड्डी पनि हो।राष्ट्रियता भोकको भोगाई पनि हो। मैले बुझेको राष्ट्रबाद नागरिकको जिबन जिउने पिडाबोध संग जोडिएको हुनुपर्छ।भएभरका देशका नागरिकलाई परायाको भुमिमा गुलाम र दाश बनाएर स्वाभिमान र नक्कली राष्ट्रबादको मिथ्या र आडम्बरी नाराले असली राष्ट्रबादको उपहास गरेको हुन्छ।
लगभग पञ्चायती ब्यबस्थाले खोलेका देशका सयौं उध्धोगहरुलाई कौणीको भाउमा बेचेर देशलाई पुण रुपमा परनिर्भर बनाइ हजारौं मजदुरलाई बिदेशमा बिस्तापित गरि गुलाम बनाउनेहरुबाट खै कस्तो राष्ट्रियता भेटाउने होला।नुन देखि सुन सम्म,नेताका गाडी देखि तिजका साडी सम्म,तिहारको फुल देखि होलिको रंग सम्म,सियो देखि सब्बल सम्म,कोट देखि नोट सम्म,भोटो देखि रोटो सम्म,नङकाटो देखि दाँत खोच्ने सिन्को सम्म,खाना देखि माना सम्म दैनिक जिबनमा उपभोग गर्ने हरेक बस्तुहरु बिदेशबाट आयात गर्ने। स्वदेशी उत्पादनलाई निरउत्साहित पार्दै खुल्ला बजार र आर्थिक उदारीकरणको नाममा देशलाई खोक्रो र कंगाल बनाउनेहरुबाट राष्ट्रियता फगत बिहेको मागल हुन जान्छ।
राष्ट्रबाद त्यो हो जहाँ उत्तर कोरिया अमेरिकी र दक्षिण कोरियाली हेरेक बस्तुमाथी प्रतिबन्ध लगाउदै आफ्नो कुनैपनि देशको नागरिकलाई साम्राज्यवादी भुमीमा पाइला टेक्न दिदैन।अमेरिकाको नाकै मुनि तिस बर्ष नाकाबन्दी लागेको क्युवा अमेरिका संग कहिल्यै झुकेन र स्वाभिमानको शिर ठाडो गरेर बाँच्यो।

थप समाचारका लगी यता क्लिक गर्नुहोस् ।
राष्ट्रबाद तिन किसिमका हुन्छन् अन्ध राष्ट्रबाद, गुलाम राष्ट्रबाद र प्रगतिशील राष्ट्रबाद हामीले भोगेको राष्ट्रबाद भनेको गुलाम राष्ट्रबाद हो।जसले देश नै खाली गरेर बस्तुको रुपमा नागरिकलाई बेचेर उनकै रेमिट्यान्सले आफु मस्तिगर्दै कुर्सी र सत्ताका लागि देशको स्वाभिमान नै बिदेशी प्रभुका पाउमा बन्दकी राख्ने लाचार प्रबृत्ति रहदा सम्म प्रगतिशील राष्ट्रबादको परिकल्पना मिथ्या सपना मात्रै हो।हाम्रा पुर्खाले बिर गोर्खालीको भुमी भनेर संसारका सामु चिनाएको देशलाई आज यि दलालहरुले दुनियाँका सामु चौकिदार,मजदुर,दाश,कुल्ली र दर्भाना उत्पादन गर्ने देश भनेर चिनाएका छन।त्यसैले आउ स्वदेशी उत्पादन सहितको उपभोग र आत्मनिर्भर अर्थतन्त्र हुने गरि हरेक नागरिकलाई आफ्नै माटोमा स्वाभिमानका साथ हाँसीखुसी जिउने आधार सहितको राष्ट्रबादको खोजी गरौं।
जय देश जय स्वाभिमान।

थप समाचारका लगी यता क्लिक गर्नुहोस् ।