बझाङमा पिसिआर मेसिन खरिद गरिने

रिदम सिंह, जेठ २६ बझाङ: बझाङमा पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकबाट जिल्लामा उक्त मेसिन खरिद गर्ने निर्णय गरिएको हो । जिल्लामा भारत लगाएत अन्य मुलकबाट जिल्लामा भित्रिनेहरुको संख्या बढ्न थालेको छ । धनगढीस्थित सेति प्रादेशिक अस्पतालमा परिक्षण गर्दा समय धेरै लाग्ने भएको र समयमा नै रिर्पाेट नआउने समस्या भएका कारण जिल्लाका जिल्लामा नै पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको हो ।
जिल्लामा नै पिसिआर मेसिन खरिद गरेपछी परिक्षणको दर बढ्ने अपेक्षा गरिएको छ । तत्काललाई जिल्लामा रहेका नगरपालिका, र जिल्ला समन्वय समितीले १५ लाख त्यसैगरी गाँउपालिकाले दश दश लाख जम्मा गर्ने भएका हुन् । असार १ गते भित्र जिल्ला बिपद ब्यबस्थापन समितीको खातामा रकम जम्मा गरी पिसिआर मेसिन खरिद प्रक्रिया अघाढी बढाईने भएको जिल्ला प्रशासन कार्यालय बझाङका कम्प्युटर अपरेटर नन्द धामीले बताउनु भयो । साथै बैठकले जिल्लाका उद्योगी, ब्यापारी, निर्माण ब्यबसायी तथा संघसंस्थालाई सहयोगकोलागी अनुरोध गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले जानकारी दिनु भयो ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पत्र अनुसार प्रत्येक पालिकाले आफ्नो स्थानिय तहमा २० देखी १०० बेड सम्मको आइसोलेसन वार्ड तयार गर्न भनी आएको निर्देशनलाई पनी जानकारी गराईएको हो । भारत र देशका बिभिन्न जिल्लाबाट भित्रिकाहरुको परिक्षण गर्ने दिन पुगिसक्दा पनी प्रदेशमा रहेका ल्यावहरुमा पिसिआर परिक्षण हुन नसक्दा हाललाई स्वाव संकलन कार्य रोकिएको छ । अहिले जिल्लाका १९३ वटा क्वारेन्टिनमा ३२६४ जना बस्दै आएका छन् । क्वारेन्टिन अवधी पुगि सकेकाको परिक्षणका लागी भिटिएम र आरडिटी पाँच÷पाँच हजार थान उपलब्ध गराउन कोभिड १९ संकट ब्यबस्थापन संञ्चालन केन्द्र छाउनी काठमाडौं र सुदुरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र धनगढी कैलालीलाई अनुरोध गरिएको जिल्ला समन्व समिती प्रमुख खडक खड्काले बताउनु भयो ।
जिल्ला स्थित बिभिन्न निकायका एम्वलेन्स तथा एम्वुलेन्स चालककालई कोभिड १९को संक्रमण रोकथाम तथा नियन्त्रणको बिबिध कार्यमा परिचालन गर्ने तयारी समेत भई रहेको जयपृथ्वी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र खड्काले बताउनु भयो । जिल्लामा नै पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेसँगै स्थानियलाई कोरोना परिक्षण तिब्ररुपमा हुने आसा पलाउको छ ।