आफ्नै शरीरमा आगो लगाए अस्पतालका कर्मचारीले

अछाम: अस्पतालले नोकरीबाट हटाएको भन्दै बयालपाटा अस्पतालमा कार्यरत साँफेबगर नगरपालिका–६ का सिदार्थ आउजीले सोमबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले दुई महिनाअघि आर्थिक संकट परेको भन्दै आउजीलगायत ३३ जना कर्मचारीलाई अवकासको चिठी दिएको थियो । आउजी कार्यालय सहयोगी पदमा कार्यरत थिए । प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलका अनुसार अस्पतालको गेट अगाडि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाइ उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भइरहेको छ ।