शिक्षामन्त्रीलाई गगन थापाको प्रश्न: राष्ट्रपतिज्यूलाई श्री ६ बनाउने रहर किन पलायो ?

काठमाडौं, २५ जेठ । सांसद गगनकुमार थापाले शिक्षा मन्त्रीले अहिलेको बजेटमा कार्यक्रमहरू ल्याउँदा राष्ट्रपतिलाई श्री ६ बनाउने खालको भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद थापाले भन्नुभयो( ‘माननीय शिक्षामन्त्री ज्यूलाई सम्माननीय राष्ट्रपति ज्यूलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो रु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मन लाग्दा पैसा दिन पाउने कार्यक्रम संघीयता विरोधी छ, संविधान विरोधी छ, व्यवस्था विरोधी छ ।’

उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता र नेपालको व्यवस्थाविरोधी भएको पनि बताउनुभयो । ‘राष्टपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस मारेको जस्तो राष्टपतिले खुट्टा टेकेको ठाउँमा पैसा दिने कार्यक्रम संघीयता विरोधी छ, व्यवस्था छ। यस्तो कार्यक्रम गएको वर्ष ५ अरब छुट्याएको ठाउँमा यो वर्ष बढाएर छ अरब बनाउने रु’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अगाडि बढाउँदा ईडीसीडीमा तलब नपाएर बसेका सहर्जकर्ता, विद्यालयका कर्मचारी, भोक्कै बसेका आंशिक प्राध्यापकहरुको याद आएन भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो कार्यक्रम बनाउँदै गर्दा ईडीसीडीमा तलब नपाएर बसेका सहर्जकर्ता, विद्यालयका कर्मचारी, भोक्कै बसेका आंशिक प्राध्यापकहरुको याद आएन रु’

शिक्षा मन्त्रालयको अध्ययनले ५७ हजार शिक्षक अभाव भएको देखाए पनि त्यसअनुसार बजेट नआएको सांसद थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘एकजना शिक्षक राख्न नसकेको शिक्षक स्वयमंसेवक कार्यक्रममा १ अर्ब ५० करोडबाट बढाएर २ अर्ब २३ करोड बनाउने रु’

उहाँले कोरोनाको महामारीलाई अवसरमा बदल्न सरकार चुकेको पनि बताउनुभयो । ‘प्रत्यक संकटसँग अवसर आएको हुन्छ । स्वास्थ्य र शिक्षासँग अवसर आएको अनुमान लगाएका थियौँ। स्वास्थ्यले त निराश बनायो नै। शिक्षाले त्योभन्दा बढी निराश बनायो,’ उहाँले बताउनुभयो ।

सांसद थापाले अर्थमन्त्री आफ्नो कुरा अरूले नसुनेको भन्दै गनगन गर्दै हिँडेको पनि आरोप पनि लगाउनुभयो । ‘माननीय अर्थमन्त्री आफैँ गनगन गर्दै हिँडु्नभएको छ मेरो कुरा सुनिदिनु भएन भनेर । हामीले माननीयज्यूलाई भनेर के अर्थ उहाँ आफैँ पीडित हुनुहुन्छ ।’

एसइई खारेज गरे अघि बढ्न सुझाब दिए पनि शिक्षामन्त्रीले वास्ता नगरेको उहाँको भनाइ छ । ‘एसइई खारेज गरौँ केही बोल्ड डिसिजन भनिरहँदा यही हो कार्यक्रम रु’ उहाँले भन्नुभयो ।

त्यस्तै, विद्युतिय गाडीमा कर बढाउन अर्थमन्त्रीले आफ्नो स्वार्थ हेरेको उहाँको आरोप छ । थापाले भन्नुभयो, ‘यसमा जालझेल छलकपट त छँदै छ। त्यसको पनि हिसाब किताब गर्छौँ, नेकपा बोल्नु पर्दैन घोषणा गर्नुपर्दैन। स्वास्थ्यमन्त्रालय, उर्जा मन्त्रालय बोल्नु पर्दैन। हामी बोल्छौँ। बोल्छौँ मात्रै हैन हिसाब किताब पनि गर्छौँ। अर्थमन्त्री जीको सानो स्वार्थका लागि स्वस्थ्य वातावरणका लागि यत्रो लामो पाइला रोक्ने रु यो फिर्ता लिइयोस सच्याइयोस।’