कर्णाली प्रदेशमा थप ९८ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५ सय ८७ पुग्यो

मनिराज पाण्डे, कालिकोट : कर्णाली प्रदेशमा थप ९८ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सल्यान बनगाड कुपिन्डेनगरपालिका ३८ सुर्खेत बिरेन्द्रनगर नगरपालिका १ भेरीगंगा नगरपालिका ४ गुर्भाकोट नगरपालिका १ पन्चपुरी नगरपालिका ३ जाजरकोट बारेकोट गाउँपालिका ३ बारेकोट इप्रका १ र दैलेख दुल्लु नगरपालिका ३ जनामा कोरोना संक्रमण भएको प्रदेश अस्पताल सुर्खेत पशुपन्छि अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणबाट पुष्टी भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा दैलेख महावु गाउँपालिकाका ४३ जना र डोल्पा जगदुल्ला गाउपालिकाका १ जनामा कोरोना पुष्टी भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका ३ मा कोरोना पुष्टी भएका ब्यक्तीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।