सडक निमार्णमा समितिले सिधै ५ लाख गोजीमा हालेको स्थानियको आरोप

रिदम सिंह, बझाङः बझाङको बुङगल नगरपालिका वडा नं १० को कमेडीखान देखि डौड जाने सडक निमार्णमा समितिका पदधिकारीहरुले रकम अनियमितता गरेको स्थानियले आरोप लगायका छन । आर्थिक बर्ष २०७६÷०७७ मा वडा नं १० र ११ ले सडक निमार्णका लागी २२ लाख बजेट विनियोजन गरेको थियो । सडक निमार्णमा उपभोक्ता समितिका अध्यक्ष र सचिव मिलेर रकम हिनामिना गरेको स्थानियको भनाई रहेको छ । समितिले विभिन्न शिर्षक राखेर रकम हिनामिना गरेको आरोप स्थानियहरुको छ । समितिले गरेको सावैजनिक सुनुवाईमा १५ लाख ५५ हजार ५ बराबरको सडक निमार्ण भएको र बाँकी अन्य व्यवस्थापन खर्च गरिएको देखाएको छ । त्यस्तै कन्सेटेन्सी बाफत ८ प्रतिशत काटेको पाईएको छ । नियमानुसार लाग्ने खर्च भन्दा बाहेक समितिले सबै सदस्यहरुलाई हाजिरि लगाएर रकम बाँडेका हुन ।

समितिले सार्वजनिक सुनुवाईमा खाना खर्च बाफत २१ दिनको १ लाख २३ हजार, समितिको हाजिरि खर्च ७६ हजार, होटल खर्च ११ हजार ७ सय, रेडियोमा सुचना प्रसारण खर्च ४ हजार, कन्जेनटेन्सी खर्च १ लाख ७२ हजार, सर्भे खर्च ७ हजार, व्याज तिरेको २३ हजार ५ सय मेसिन अपडाउन खर्च ३६ हजार र होडिङबोर्ड डकुमेन्ट फोटोकपि, अध्यक्ष र सचिवको खर्च बाफत ५८ हजार ४ सय गरि जम्मा २० लाख ६७ हजार १०० खर्च भएको सार्वजनिक गरेको थियो । यसरी सबै रकम जोडदा पनि छुट्याएको बजेट भन्दा १ लाख ३२ हजा ९ सय कम हुन आउछ । स्थानियहरुले समतिका अध्यक्ष र सचिवले सडकको काम राम्ररी नगरी योेजना बाट ५ लाख कुम्ल्याएको स्थानिय मोहन बोहराले बताउनु भयो । यस विषयमा वडा नं १० का वडाध्यक्ष प्रेम बहादुर बाघ संग जानकारी लिदा समतिले हिसाव किताब पारदर्शिरुपमा नराखेको देखिएको र सबै कागजात तयार गरी बुझाउन निर्देशन दिएको बताउनु भयो । सडक निमार्ण समितिका सचिव जित बोहराले भने कुनै अनियमितता नभएको दावी गरेका छन । उनले भने करिब २० लाख भन्दा बढीको काम भई सकेको र बाँकी रहेको रकम मेसिनवाला संग भएको बताउनु भयो । यस बर्ष पनि सडक निमार्ण गर्नु पर्ने भएकाले मेसिनवाला लाई पेस्की दिएको तर रकम अनियमितता नभएको उनको दावी छ ।