बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि 

रिदम सिंह, बझाङ: बझाङमा ६ जनामा पिसिआर पोजेटिभ देखिएको छ । जिल्लाको खप्तडछान्ना गाँउपालिका वडा नब्बर ३ का ७० बर्षिया पुरूष, ५७,३८,२५ बर्षिया पुरूष र ४० बर्षिया २ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले जानकारि दिनु भयो । उनिहरू सबै भारत बाट आएर क्वारेन्टाईनमा बसि रहेका छन् । २ दिन अघि मात्रै डाक्टर खड्काको नेतृत्वमा गाँउपालिकामा नमुना संकलन गर्न पुगेको बताए । २० जनाको नमुना संकलन गरेकोमा ६ जनामा कोरोना पुष्टि भएको र बाँकि १४ जनाको रिपोर्ट नेगेटिभ आएको डाक्टर मिलन खड्काले जानकारि िदनु भयो । यो संगै बझाङमा संक्रमित को संख्या ७ पुगेको छ । विहिबार मात्रै विथ्थडचिर गाँउपालिकाका २६ बर्षिया पुरूषमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । ति पुरूष अहिले डडेल्धुराको आईसोलेसनमा रहि उपचारचलि रहेको छ । अन्य ६ जना भने क्वारेन्टाईनमा छन् । उनिहरूलाई जिल्ला ल्याईने तयारि भै रहेको छ ।