बझाङमा घरको खाना क्वारेन्टाईनको बास

रिदम सिंह, बझाङ: बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा खाना नपाएको गुनासो क्वारेन्टाईनमा बसेका युवाहरुले गरेका छन् । भारतको काँसिपुर बाट मंगलबार बेलुका नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्न पुगेका जयपृथ्वी नगरपालिका वर्डा नम्बर ७ का धिरेन्द्र बोहरा, वडा नम्बर ११ का विजय धामी र कलक धामीले क्वारेन्टाईनमा खाना नपाएकोे गुनासो गरेका हुन् । आफुहरुले पटक पटक चिनेजानका ब्यक्तीहरु र जनप्रतिनीधीलाई खानाको बन्दबस्त गरी दिन बताएका भएपनि कसैले चाँसो नराख्दा आफुहरुलाई भोकले सताएपछि सदरमुकाममा डेरागरि बस्दै आएकी कलक धामीकी दिदि काली धामीको कोठामा गएर तिनै जनाले बुधबार दिउसो खाना खाएको बताएका छन् । बोटामा आउदा तिन दिन सम्म खाना नखाएको बताउदै उनिहरुले क्वारेन्टाईनमा समेत छुट्टै खानाको ब्यावस्था नभएकाले आफुहरुले भोकले मर्न भन्दा दिदिको कोठामा गएर खाना खाएको बताए । उनिहरु कोठा भित्र नगएर बाहीर बाटै बसेर खाना खाएर क्वारेन्टाईनमा फर्केका थिए । उनिहरुले खाना खाएका थाली, कटौराहरु समेत अलगै राखेको धामीले जानकारी दिनु भयो ।


जिल्ला प्रहरी कार्यालय बझाङ नजीकै रहेको चर्चमा नगरपालिकाले क्वारेन्टाईनको ब्यावस्था गरेको थियो । भारत बाट आएका ९ जना सोही क्वारेन्टाईनमा छन् । उनीहरुका लागी भने खानबस्नको बन्दोबस्त ब्यावस्थीत रहेको छ । उनिहरु केही दिन अघि मात्रै भारतको दिल्ली बाट आएकाले उनिहरुको खानबस्नको बन्दबस्त गरेको भएपनि तिन जनाले भारत बाट आएकाहरु संगै खान बस्न नसकीने भनेपछि समस्या सृजना भएको हो । आफुहरुपनि सुरक्षित हुनु पर्ने र अरुलाई पनि सुरक्षित राख्नु पर्ने भन्दै आफुहरुले उनिहरु संग खाना नखाएको र आफुहरुलाई समेत खानाको बन्दोबस्त नगरपालिकाले यतै गरेको छ भन्ने कुरा कसैले पनि नभनेपछि कोठामा गएर खाना खानु पर्ने बाध्यता भएको कलक धामीले बताए । कोरोनाले भन्दा भोकले मर्नु पर्ने अवस्था आएको धिरेन्द्र बोहराले गुनासो गर्नु भयो । क्वारेन्टाईनमा आउनेहरुले तिन पुस्ते सम्म नाम ठेगाना लेखेर लैजाने गरेका र कतिपयले फोटा खिच्दै लैजाने गरेका तर खान बस्नको बन्दोबस्त कस्तो छ ? सरकारले बनाएको मापदन्ड अनुसार क्वारेन्टाईन ब्यावस्थीत छन् या छैनन् भन्ने विषयमा कसैले चाँसो नदीएको धिरेन्द्र बोहोराले जानकारि दिनु भयो । कसैलाई फोन गरौ भन्दापनि चार्जरको ब्यावस्था छैन । आफुहरुका मोबाईल अफ भएको उनले गुनासो गरे । यो विषयमा सरोकारवाला निकायले ध्यान दिन पर्ने उहाँले बताउनु भयो ।


जयपृथ्वी नगरपालिकाकी उप प्रमुख जुना जाग्रीले भने यस्तो समयमा सबैले मिलेर बस्नु पर्ने बताईन् । सबैको खाना र बस्नका लागी नगरपालिकाले भ्याए सम्म काम गरीरहेको बताउदै उनले तिनै जनाले नबुझेर बाहीर गएर खाना खाएको जानकारि दिनु भयो । अहिहले नगरपालिकाका विभिन्न क्वारेन्टाईनमा ९ जना महिला , १२ पुरुष र २ जना बालबालिका रहेको जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक बहादुर सिहँले बतानु भयो । यस्तै जिल्लाका विभिन्न स्थानीयतहहरुले निर्माण गरेका ९३ वटा क्वारेन्टाईनमा १ हजार ८३ जना भारत तथा बाहीर बाट आएका ब्यक्तीहरु बसी रहेका छन् ।