बिध्यालयको क्वारेन्टाईनमा बस्न दिदैनौ भनी वडा अध्यक्ष माथी आक्रमण

सत्यराज सिंह, बझाङ :जिल्लाको खप्तड छान्ना गाउँपालिकामा काठमाण्डौबाट आएका स्थानीयलाई बिद्यालयमा क्वारेन्टाईनमा राख्न खोज्दा वडा अध्यक्ष आक्रमण भएको छ । खप्तड छान्ना गाउापालिका ६ पाटादेवलमा काठमाण्डौबाट आएका स्थानीयहरुलाई पाटादेवल माबिमा क्वारेन्टाईनमा राख्न खोज्दा त्यहाँका केही स्थानीयले बिद्यालयमा राख्न नदिने भन्दै वडाअध्यक्ष माथी गएराति ८ बजे ढुङ्गा मुडा गरिएको बताएको छ ।
बिश्वमा फैलिएको कोरोना भाईरसका कारण भारत लगायतका बाहिरी जिल्लाबाट आउने स्थानीयहरुलाई गाउँपालिकाले प्रत्येक वडामा रहेका बिध्यालयमा १४ दिन अनिवार्य क्यारेन्टाईनमा राख्ने निर्णय गरिएको थियो । पाटादेबल माबिको चारकोठे भवनको निर्माणको जिम्मा पाएका प्रकाश खड्का लगातका उहाँका तिन भाईहरुले निर्माण कार्यमा बाधा पुग्ने भन्दै क्वारेन्टाईनमा राख्न मिल्दैन भनेर बिबाद भएपछि आफु माथी आक्रमण भएको वडा अध्यक्ष तिलक खड्काले बताउनुभयो । उहाँले भन्नु भयो, काठमाण्डौबाट आएका ब्यतिmहरुलार्ई क्वारेन्टाईनमा ब्यबस्थापन गर्न आउदा निर्माण कार्यको काम भईरहेकाले बस्न नदिने भन्दै आफु माथी एक्कासी ढुङ्गा मुडा गरेर आक्रमण गरेको बताउनु भयो । अध्यक्ष खड्काको मुख , ढाड र छातीमा चोट लागेको बताईएको छ ।
उता बिध्यालयको निर्माणको जिम्मा पाएका प्रकाश खड्काले भने आफुहरुले कुनै पनि आक्रमण नगरेको बताउनुभयो । उहाँले क्वारेनटाईनको बिषयमा सामान्य बिबाद भएको र कुनै आक्रमण नभएको बताउनुभयो । छान्ना प्रहरी चौकीका ईन्चार्ज भुवन सिंह बोहराले ति दुबै पक्षको पहिला देखि नै बिबाद भएको बताउदै वडा अध्यक्ष खड्काले टेलिफोन मार्फत आफु माथी आक्रमण भएको जानकारी दिए पछि आफुले जानकारी पाएको बताउनु भयो ।