क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु

धनगढी । कञ्चनपुरमा एक वडाध्यक्षको मृत्यु भएको छ । क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । सोही वडामा रहेको राष्ट्रिय माविको क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए ।

५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले बताए । अहिले उनको शव सेती प्रादेशिक अस्पतालमै राखिएको छ । अस्पतालले शवको पोस्ट मार्टम गरेर कोरोना परीक्षणको प्रक्रियासमेत अघि बढाउने जानकारी दिएको छ ।