क्वारेन्टाईनमा नबस्नेलाई सेवा सुविधाबाट बन्चित गरिन्छः त्रिवेणीले नगरपालिका

बाजुराः त्रिवेणी नगरपालिका बाजुराले विदेश तथा जिल्ला वाहिरबाट आएका जो कोहिले पनि क्वारेन्टाइनमा बस्न अटेरी गर्ने लाई नगरपालिका बाट दिइने सेवा सुविधा बाट बन्चित गरीने लगाएतका निर्णय गरिएको छ । नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निणर्य गरेको हो । बिदेश तथा जिल्ला बाहिर बाट आउने व्यक्तिहरुलाई अलग खान ,बस्न र शौचालको ब्यबस्ता मिलाउने , क्वारेन्टाइन व्यवस्थापनका लागीसंघ तथा प्रदेश सरकारसंग आर्थीक अभाब देखिएकोले रकमको माग गर्ने जस्ता निर्णय गरीएको नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नरेश राज पन्तले जानकारी दिनुभयो । विश्वमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० का कारण देश लकडाउन छ । नगरपालिकामा हाल सम्म ६ सय शैयाका कोरेन्टाइनको ब्यवस्तापन गरी सकेका छौ नगर प्रमुख रावल भन्नुभयो काम गर्ने क्रममा केहि चुनौती आउन्छन मलाई सामान्ने हो जस्तो लाग्छ ,समस्याको समाधान गर्न नगर पालिकाको टिम लागीरहेको छ , तर समस्या त आर्थीकै रहेको उहाले जानकारी दिुभयो ।

यो पनि पढ्नुहोस् स् बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टी

हाललाई नगरपालिकाको साविकको छतारामा दुई सय,तोलीमा दुई सय र कैलाशमाण्डौमा दुई सय शैया गरी ६ सयको शैयाको क्वारेन्टाइन बनाएका छौ , अझै थप गर्नु प्रर्ने देखीएमा नगरपालिका संग प्रसस्त ठाउं भएकाले क्वारेन्टाइनको समस्या नरहेको नगर प्रमुख रावलले वताए । जेठ ११ गते सम्म जम्मा महिला पुरुष गरी २७५ जनाको क्वारेन्टाइनमा बसेकामा ८३ जना घर फ्रकिसकेका छन । नगर पालिकाका विभिन्न क्वारेन्टाइनमा हाल सम्म महिला पुरुष गरी १९२ जना क्वारेन्टाइनमा बसेका नगर पालिकाका सूचना तथा संचार प्रविधि अधिकृत पन्तले जानकारी दिनुभयो ।