सडक संजालसंग नजोडीएको गाँउपालिकामा आधुनिक चुलो

सत्यराज सिंह, जेठ ११ बझाङ : सडक संजाल संग नजोडीएको जिल्लाको दुर्गम साईपाल गाँउपालिकामा आधुनिक चुलो वितरण गरिएको छ । गतबर्ष ११० भन्दा बढी घरधुरीलाई आधुनिक चुलो वितरण गरेको साईपाल गाँउपालिकाले यस बर्ष थप५५ घर धुरीलाई आधुनिक चुलो वितरण गरेको स्थानीय बासिन्दा बमहादुर बोहराले जानकारि दिनुभयो । शनिबार आईतबार गरेर गाँउपालिकाको वडा नम्बर १ का३५ घरधुरी र वडा नम्बर २ मा रहेका२० घरधुरीलाई एक एक आधुनिक चुलो वितरण गरेको हो । आधुनिक चुलो पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । आधुनिक चुलोमा दाउरा कम खपत हुने र धुवा समेत नहुने र खाना समेत छिटो पकाउन सकीने भएपछि आफुलाई निकै सहज भएको वडा नम्बर २ की सुरति कामीले बताईन् । खानाा पनि आँखा बाट आँसुकाधारा बग्ने गरेको बताउदै आफुले उक्त समस्या बाट छुटकारा मिलेको बताईन् ।

कामीले गतबर्ष नै आधुनिक चुलो जडान गरि प्रयोगमा ल्याएकी छन् । आधुनिक चुलो प्रयोग गर्नु अघि जहिले पनि खाना पकाउदा धुवाका कारण कपाल दुख्ने, आँखा बाट आँसु बग्ने लगायतका धेरै समस्याझेल्दै आएकीवडा नम्बर एक कीखुड्की बोहराले त्यो समस्या बाट अहिले छुटकारा पाएको भन्दै गाँउपालिकालाई धन्यबाद समेत ज्ञापन गर्नु भयो । यसै आर्थिक बर्ष भित्र गाँउपालिकालाई धुवामुक्त बनाउने योजना गाँउपालिकाको रहेको गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो । गाँउपालिकाका पाँच वटै वर्डा भित्रका केही घर धुरीमा आधुनिक चुलो वितरण गरि प्रयोगमा आई सकेका र बाँकी रहेका घरधुरीलाई अबको केही समय पछि चुलो वितरण गर्ने योजना रहेको उहाँले जानकारि दिनुभयो ।