बझाङमा क्वारेन्टाईनमा बसेका युवाले लगाएर विद्यालयमा पर्खाल

डिबी बिष्ट, जेठ १२ बझाङ: लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने सारदा उमाविको प्राङ्गण वरीपरी भारत बाट फर्कीएका युवाहरु मिलेर घेरबार लगाएका हुन् । भारतको रामपुरमा अलपत्र परेका उनिहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरोकारवाल मिलेर उद्धार गरेको थियो । आफ्नै गाँउ नजीकैको विद्यालय रहेको र विद्यालयको वरीपरी घेरबार नभएका कारण विद्यालय नजीकै बाट ढुङ्गा बोकेर पर्खाल लगाएको क्वारेन्टाईन्नमा बसेका एक युवा रागबराज बाँनियाले जानकारि दिनुभयो । महिला तथा केही युवाहरुले ढुङ्गा बोकेका र केहीले पर्खाल लगाउने काम भै रहेको उहाँले जानकारि भयो । विद्यालयमा पर्खाल नहुँदा गाँउबाट विद्यालय संचालन भएको समयमा समेत पशु चौपाया विद्यालयको प्राङ्गणमा आउने समस्या थियो ।

अब उक्त समस्याको समाधान हुने समेत क्वारेन्टाईनमा बस्दै आएका तथा अर्का युवा भरत थापाले बताउनु भयो । भारत बस्दा आफुहरुले निकै संघर्ष गरेको बताउदै उनले आफ्नो गाँउ ठाँउका लागी र आफ्नै छोरा, छोरी तथा भाई, बहिनी पढ्ने विद्यालयमा सानो सहयोग गर्दा कुनै फरक नपर्ने बताउनु भयो । साथै अधिकांस क्वारेन्टाईनहरु विद्यालयमा नै भएका कारण सबै विद्यालयमा घेरबारबार नहुने भएका कारण क्वारेन्टाईनमा खाएर दिनभरी बसिराख्नु भन्दा विहान बेलुका काम गर्दा शारिरिक कसरथ पनी हुने र आफु र आफ्नो समाजलाई समेत फाईदा पुग्ने भएका कारण यस्तो काममा आफुहरु लागी परेको थापाले बताएउनु भयो । साथै जोकोहीले पनी क्वारेन्टाईनमा बस्दा केही न केही सकारात्मक तथा नयाँ काम गर्नु जरुरी रहेको उनिहरुको भनाई छ । दिनभरी खाली बसेर तथा क्वारेन्टाईनमा तास खेलेर दिन विताउनु भन्दा यस्तै काम गर्न सके समाजको विकास हुने र लामो समय सम्म सम्झना समेत रही रहने उनिहरुको भनाई छ ।
अहिले प्राप्त मात्रामा औजार नभएका कारण भनेजती काम गर्न नसकीएको र आजौरहरुको समेत जनप्रतिनीधीहरु संग आफुहरुले माग गरेको क्वारेन्टाईनमा बस्ने युवाहरुले बताएका छन् । साथै विद्यालयमा चर्पि समेत पुन निर्माण गर्नु पर्ने अवस्थामा पुगेकोले सो काम समेत गर्ने योजना उनिहरुको छ । क्वारेन्टाईन नजीकै रहेको स्वास्थ्य चौकीमा समेत घेरबार नभएकाले आफुहरु क्वारेन्टाईमा बसुन्जेल सम्म स्वास्थ्य चौकीमा समेत घेरबा। लगाउने योजना रहेको उनिहरुले बताएका छन् ।
यता थलारा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष हेमराज खड्काले युवाहरु मिलेर यस्तो सामाजीक कार्य गरेको भन्दै क्वारेन्टाईनमा बस्ने सबैलाई धन्यबाद गर्दै उनिहरुको प्रसंस्सा समेत गरेका छन् । औजार कम भएको बताउदै औजारहरु उपलब्ध गराउने काममा आफु लागी परेको उहाँले जानकारी दिनु भयो साथै खड्काले यस्तो सकारात्कम कुराको सिको अन्य क्वारेन्टाईनमा बसेकाहरुले गर्न जरुरी रहेको समेत उहाँको भनाई छ ।
भारतको रामपुर बाट आएका उनिहरु संग ३९ जना युवा सहति महिला तथा बालबालीका गरेर उक्त विद्यालयमा ६८ जना रहेका छन् । थप शनिबार वडा नम्बर एक र दुईका गरेर भारत बाट मात्रै १०२ जना यहाँ पुगेको र उनिहरुको ब्यावस्थापन गर्न गाँउपालिका लागी परेको समेत उहाँले जानकारि दिनुभयो ।