विदेशमा बस्ने दुई युवाले गाउँपालिकालाई नगद र स्वास्थ्य सामाग्रि सहयोग गरे

अनिल शाही – बाजुरा  : बाजुराको स्वामीकार्तिक गाउँपालिकामा जन्मेर हाल विदेशमा बस्ने दुई जना समाज सेवि युवाले स्वामीकार्तिक गाउँपालिकालाई नगद र स्वास्थ्य सामाग्रि सहयोग गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिकालाई कोरोना रोकथामका लागि नगद सहित  स्वास्थ्य सामाग्रि सहयोग गरीएको छ ।

हाल विश्वभरी फैलिरहेको नोवेल कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाका केहि स्थानिय ब्यक्तिहरुले नगद र स्वास्थ्य सामाग्रि सहयोग गर्नुभएको बताईएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चार छापुका स्थानिय मदन नाथले गाउँपालिकालाई रु १ लाख नगद सहयोग गर्नुभएको गाउँपालिका सुचना अधिकारी कुमेर शाहीले जानकारी दिनुभएको छ ।

कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै उहाँले ईजरायल बाट सो रकम गाउँपालिकाकलाई सहयोग गर्नुभएको बताईएको छ । कोरोना भाईरसको वढ्दो संक्रमण नियन्त्रणका लागि सहयोग पुगोस भन्दै गाउँपालिकालाई पठाउनुभएको सो रकम उहाँले दाई एज्ञ वहादुर नाथले हिजो गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीलाई हस्तान्त्ररण गर्नुभएको सुचना अधिकारी शाहीले बताउनुभयो ।

त्यस्तै वडा नं पाँच जेराका स्थानिय महेन्द्र वहादुर शाहीले गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्त्ररण गर्नुभएको छ । शाहीले हिजो गाउँपालिकालाई १८ थान पीपीई सेट र ५० थान सर्जिकल मास्क सहयोग गर्नुभएको गाउँपालिकाले जनाएको छ । नगद लगायत स्वास्थ्य सामाग्रि सहयोग गर्ने सहयोगि मनहरुलाई स्वामीकार्तिक खापर गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको  छ ।