अबैध आवागमन रोक्न सिमा निगरानी समुह

जनक साउद – बैतडी  : महाकाली नदीमा अबैध रुपमा नेपाली नागरिकहरु नेपाल आउने क्रम नरोकिए पछि गठन गरिएका सिमा निगरानी समुहहरुले निगरानी कडा पारेका छन । भारतसगं सिमा जोडिएका बिभिन्न स्थानिय तहहरुमा अहिले युवाहरुको पहलमा सीमा निगरानी समुहहरु गठन गरिएका छन ।

स्थानिय तह र सुरक्षा निकायसगंको समन्वयमा गठन गरिएका सिमा निगरानी समुहले निगरानी कडा पारेको दशरथचन्द नगरपालिका वडा नम्बर १० र ११ को सयुक्त सिमा निगरानी समुहका संयोजक उत्तम चन्दले बताउनुभयो ।

दशरथचन्द नगरपालिकाको भारतसगं सिमा जोडिएका वडाहरु ६,८,१० र ११ मा सिमा निगरानी समुहहरु गठन गरिएका छन । अहिले महाकालीमा अबैध रुपमा नेपाल प्रबेश गरेको थाहा पाएमा सीमामा खटिएका शसस्त्र प्रहरी र सुरक्षाकर्मीहरुलाई खबर गर्ने, अबैध रुपमा नेपाल नआउनका लागी चेतना जगाउने लगायतका कार्यहरु सिमा निगरानी समुहले गरिरहेको दशरथचन्द नगरपालिका वडा नम्बर १० र ११ को सयुक्त सिमा निगरानी समुहका संयोजक चन्दले बताउनुभयो ।

अबैध रुपमा प्रबेश नगराउनका लागी शसस्त्र प्रहरीलाई सिमा निगरानी समुहले सहयोग गरिरहेको चन्दले बताउनुभयो । यस्तै जिल्लाको पञ्चेश्वर गाउपालिका र शिबनाथ गाउपालिकामा पनी सिमा निगरानी समुह गठन गरिएका छन ।