पहिलो संबिधानसभा सदस्य खड्कासँगको कुराकानी…….।

अहिले विश्व कोरोना भाइरस तथा कोभिड १९ को विपदलाई सामना गर्दै छ । साथै नेपालमा दश बर्ष जनयुद्वको मार नेपाली जनताले पनि भोग्नु पर्याे । बझाङ जिल्ला पनि अग्रमोर्चामा रह्यो । बझाङ जिल्लाको कम्युनिष्ट स्थापना देखि माओवादी जनयुद्व लड्दै नेत्र बिक्रम चन्द विप्लपले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सेति ब्युरो इन्चार्ज तथा केन्द्रिय सदस्य समेत भएका शंकर खड्का संग हालको प्रर्तिबन्धित नेकपा (विप्लप) पाटिबाट विश्राम के कति कारणले लिनु भयो ? त्यतिखेरको जनयुद्ध गर्नु जाहेज थियो त ? वेदप्रकाश जोशीलाइ मार्नुको कारण के थियो ? उहाँको भोगाइ उहाँको जिवन लगाएतका बारेमा उहाँकै निबासमा खप्तड नेपाल डटकमका प्रधान सम्पादक रमेश के सीले लिनु भएकोे अन्र्तवार्ताको सम्पादित अंश:

यहाँलाइ हार्दिक स्वागत छ ?
धन्यवाद ।

यहाँ कति साल र कुन ठाउँमा जन्मनु भयो ?
मेरो जन्म साविकको दर्गाजी गाविस वडानम्बर ८ को बगाडामा २०१४ भदौ १५ गते भएको हो ।

तपाइले शिक्षा आरम्भ कहाँ गर्नु भयो ?
मेरो गाउमै रहेको सारदा निमाविमा कक्षा २ मा पढे त्यसपछी गाउँकै लक्ष्मी प्राविमा भर्ना भएर ५ कक्षा सम्म पढे त्यसपछी कक्षा ६ मा २०२६ सालमा सत्यवादी मावि भोपुरमा पढे ।

त्यतिबेला घरमा पढाउनु पर्छ भन्ने थियो कि थिएन ?
मेरो बुवा सामान्य किसान भए पनि उहाँ प्रगतिशिलनै हुनुहुथ्यो । जेठो दाइ त्यतिबेला नै गाउँमा शिक्षक हुनुहुन्थ्यो । दाइको अनुकरण गर्दै मैले पनि पढ्ने मौका पाए । घरमा पनि मेरो पाठसाला जस्तै थियो । मैले १५ बर्षको उमेरमा सत्यवादी बाट २०३० सालमा एसएलसी पास गरे ।

तपाइ बाल्यकालमा कस्तो स्वभावको हुनुहुन्थ्यो ?
बाल्यकालमा मैले कुनै दुख पाएन , बाल्यकालमा आफुले भनेको कुरा पुरा गरि छाड्थे , म अलि विद्रोहि टाइपको थिए । विस्तारै उमेर बढे पछी कसैले झगडा गरे भने मेलमिलाप गराउने काम गर्थे ।

सत्यवादी स्कुलमा पढ्दाको त्यो क्षणलाइ कसरि सम्झनु हुन्छ ?
हामी छात्रबासमा बस्थ्यौ । विहान ५ बजे उठ्थ्यौ । सेतिनदीमा गएर मुख धुन्थ्यौ विहान रामदत अवस्थिले दैनिक ४५ मिनेट जति भजन गाउँने नैतिक शिक्षाको प्रवचन दिनु हुन्थ्यो । कहिले काही खप्तड स्वामी पनि आउनुहुन्थ्यो । उहाँ अग्रेजीमा विचार दिनुहुन्थ्यो । लाग्थ्यो त्यतिबेला उहाँ अग्रेजीमा पोख्त हुनुहुन्थ्यो । १ दिन घुम्दै फेर्दै पुरातातिक विज्ञ योगी नरहरिनाथ पनि विध्यालयमा आउनु भयो । उहाँले पनि धेरै कुरा राख्नु भयो । उहाँ बाटपनि हामीले धेरै ज्ञान पायौ ।

स्कुल पढ्दाखेरी तपाइका साथिहरु को थिए ?
शंकर खड्का ः मेरा साथिहरु एसएलसी दिन ३० जना थिए । जसमा ४ जना फेल भए । त्यतिखेर चौधारीका पदम भन्डारी ,कृष्न भन्डारी, चन्द कडायत लगाएत धेरै साथिहरु थिए । तर लाल बहादुर खड्का र इश्वर नाथ भने पछिल्लो कक्षामा पढ्थे ।
तपाइ विध्यार्थि जिवन देखिनै राजनितिमा लाग्नु भाको हो ?
हाइस्कुल पढ्दाखेरि राजनितिको र पनि थाहा थिएन । त्यतिखेर घोगन्ते विद्या थियो । त्यतिबेला राजनितिमा लाग्न कुनै जानकारि नै थिएन ।

तपाइ पछी आएर शिक्षक पनि हुनु भयो , शिक्षक पेसामा आवद्ध कसरि हुनुभयो ?
 एसलसी पास गरे पछि पढ्न जान मन थियो । दाइ मास्टर भएकाले त्यतिखेर थलारा गाउँपालीकामा भरखरै माध्यामीक विद्यालय खुलेको छ । त्यतिखेरका ठुलामानिस दिपक बहादुर सिंह गाउँपञ्चायतको अध्ययक्ष हुनुहुन्थ्यो । उहाँले पनि गाउँमै अरु बालबालिकालाइ पढाउनु पर्छ भनेर मलाइ आग्र गर्नु भयो । श्याम सिंह डोटिका हेडमास्टर थिए । म १५ बर्षको क्।ी।ऋ पास गरेको मान्छे तर स्कुलमा आफु भन्दा ठुला मान्छेलाइ पढाउदा खेरी मन लागेन त्यहाँबाट म हाट जाने मान्छे संग मामा घर महेन्द्रनगर गए । मेरो मामा जिल्ला पञ्चायत सदस्य हुनुहुन्थ्यो । मामाले पनि पढ्न आफ्नो घर बोलाउनु भएको थियो । तर भर्ना गर्ने समय भने सकिएको रहेछ । भारत तिर जाने भनेको भारत तिर पनि सबै कलेज बन्द भैसकेका थिए । २०३१ सालमा महेन्द्रनगरमा शिक्षक भर्नाको सुचना जारि गर्यो । मेरो पहिलो नम्बरमा नाम निस्क्यो । त्यसपछि पुनरवासमा रहेको गौरिसंकर माध्यामीक विद्यालयमा शिक्षक भए । दाइले गाउकै स्कुलमा आएर पढाउन जोर गरे । २०३५ सालमा झोताको भैरव निमाविमा हेडमास्टर भए । त्यतिखेर लोकेन्द्र मान जि.सी. ओ . थिए । मैले २०३९ साल सम्म त्यहाँ पढाए । त्यसपछी उच्च शिक्षा हासील गर्न २०४२ सालमा  विएड गरे ।

कम्युनिष्ट पार्टीमा कसरि लाग्न कसरि रुचि आयो ?
राजनितिक उतारचडाव मेरो जिवनमा धरै छन । कम्युनिष्टहरु राम्रा हुन्छन भन्ने मनमा लागेको थियो । कम्युनिष्टहरुले लेखेका किताबहरु हामी चोरी चोरी पढ्थ्यौ ।  पढ्दा खेरी इकाइ सदस्य भए । त्यतिखेर प्रहरीको लट्ठि खाने नाराजुलुस लगाउने त्यतिखेर सुखानि काण्ड र पिस्कर काण्ड गर्दाखेरी झन विध्यार्थि आन्दोलनकामा म पनि राजनितिमा सक्रिय भए ।

तपाइ लगाएत बझाङमा कम्युनिष्टको संगठन विस्तारमा कोको जुट्नु भयो ?
२०४६ सालमा म शिक्षक भए पनि २०४७ साल तिर देशमा पाटि फुकुवा भए पछी हामीले चाइना र रुसमा यस्तो थियो । सुनेका थियौ । बझाङमा कम्युनिष्टको संगठन विस्तारमा ९ जना थियौ । जसमा भानुभतm जोशी, बलबहादुर रोकाया , अर्जुन थापा , पदम भन्डारि , इश्वरनाथ जोशी, लालबहादुर खड्का , मान प्रसाद खत्री , र म लगाएत गरेर ९ जनाको जिल्ला कमीटि गठन गरेर संगठन विस्तार गर्याै । त्यतिखेर काग्रेसहरु बझाङमा पनि झुटा नारा लगाउथे । कम्युनिष्टहरु ६० बर्ष पुगे पछि गोली हान्छन । जातभात मान्दैन्न , कम्युनिष्टको सरकार आयो भने भारतले नुन बन्द गरि दिन्छ । सम्पति सबै राष्टियकरण गर्छन । भन्ने जनतामा भ्रम छर्थे । हामी त्यसको प्रर्तिकार गथ्र्यौ । २०४८ सालमा चुनाव भयो । काग्रेसले जित्यो । हाम्रो झन्डाहरु समेत च्यात्यो । त्यसपछि माले र नेकपा माक्र्सवादी मदन भन्डारि र मनमहोन अधिकारिको एकिकरण भयो । मदन भन्डारि आए पछि चौथो महाअधिवेसनमा जनताको बहुदय जनवादको कार्य दिसामा नै बहस थियो । बझाङ बाट भानु जि जानु भयो ।

त्यहाँबाट नेकपा माओवादीमा कसरि लाग्नु भयो ?
विस्तारै रुकुम रोल्पामा माओवादीको कुरा सुनिन्थ्यो । जनमुक्तिm सेनाले या हाने यता मान्छे मरे भन्ने सुनिन्थ्यो । २०५४ सालमा भने हेमन्त प्रकास ओली खोज्दै आउनु भयो । उहाँको पहिलो भने धनबहादुर मल्ल संग भयो । त्यस पछि उहाँ खोज्दै मेरो घर आउनु भयो । हामी पनि उहाँ संगै चैनपुर आयौ । देशमा महाकाली सन्धीले गर्दा नेकपा एमाले र माले विभाजन भयो । अब माले भन्दा माओवादी हुनु पर्छ भन्ने लाग्यो । हामीले बझाङमा पनि माक्र्सबादी मण्डली बनायौ । जसमा धनराज मल्ल , विष्नु सिल्वाल , देवराज रेग्मी , विरेन्द्र सिंह लगाएतका साथिहरु थिए । हामीले भुमीगत रुपमा संगठन विस्तार गर्यौ । एक बर्ष पछि जिल्ला कमीटि बनायौ । २०५४ सालमा हेमन्त ओली बाजुरामा ऐरेस्ट परे त्यतिबेला फोनको सुविधा थिएन । हामी अन्यौलमा पर्यौ । त्यसपछि बझाङमा अग्नी साप्कोटा संगठन विस्तारको क्रममा आउनु भयो । यो क्रम अगाडि बढ्दै गए पछि , सुर्दशनले एउटा लेख लेखे बझाङ जनयुद्घको बज्रङ्ग भएर छोड्ने छ । त्यो लेखले हलचल मचायो । २०५८ सालमा भने नेपालमा वार्ता प्रकिृया भयो । खुलारुपमा जनआन्दोलन जस्तै भाषण भुषण गर्न पाइयो । त्यतिखेर भने म शिक्षक नै थिए । २ पटक सिडिओ, डिएसपिले बोलायो । तर एरेष्ट भने गरेन ।

त्यतिबेला बझाङको कमान्डर को थिए ? जनयुद्घमा लागेकोमा अहिले पछुतो लाग्छ कि लाग्दैन ?
त्यतिबेला बझाङमा म तस्रो मेनकोरुपमा थिए । रोल्पाका साथीहरु सुर्य प्रकाश , जयराज भट्ट भने इन्चार्ज थिए । सैनसुमा उहाँको हत्या भए पछि , २०५९ सालमा म डिसिएस भए । त्यसको १ बर्ष पछि म इन्चार्ज भए । २०६४ सालको संविधान सभाको चुनाब सम्म म इन्चार्ज थिए । मलाइ कुनै पश्चात भएन । नेपालमा गरिवि वेरोजगारि , किन भयो । जलजमीन पर्यछकिएरुपमा धनि छ । अब जनाताको पाटी हुनुपर्छ र विकास गर्नु पर्छ र पाटि बनाउनु पर्छ भन्ने मनमा लाग्यो ।

जनयुद्घमा कहिँलेकाहि दोहोरो भिड्न्त भैरहन्थ्यो तपाइ त्यसमा पर्नु भयो कि नाइ ? बेदप्रकाश जोशी लगाएतको हत्या गर्नुको पछाडिको कारण के थियो ? किन मारिए जोशी ?

बझाङमा २, ३ ओटा भिड्न्त भए , अहिलेको जस्तो संचारको सुविधा थिएन । हामी सेना आएको खबर पाउदैनथ्यौ । हाम्रो छुट्टै मेकानिजम हुन्थ्यो । म डडेलधुराको इन्चार्ज समेत भए । धेरै साथिहरु गुमाउनु पर्यो । तमैल नजिक विर्ख बहादुर सिंहलाइ सेनाले एरेष्ट गरे । उनले आफु मर्न तयार रहेको र आत्म सर्मपण नगर्ने बताए । विर्ख बहादुर विद्रोहि गलतको भन्डाफोर गर्ने निडर मान्छे थिए । तर वेदप्रकाशको हत्या गर्नुको कारण केहि पनि थिएन । त्यतिखेर म लगाएत जिल्लाको नेतृत्व गर्ने ८, ९ जनाको टोली जाजरकोटको प्रशिक्षण कार्याक्रममा थियौ । त्यतिखेरकालिकोटबाट आएको अभियान टोलीको नेतृत्व जनमुक्तिm सेनाका हिमाञ्चलको थियो । हामीले पनि त्यो घटना भएको सुन्दा दुख लाग्यो । वेदप्रकाशको कुनै गल्ति थिएन उहाँ हामीलाइ सद्भाव राख्नु हुन्थ्यो । हामी त्यहाँबाट फकिृ सके पछि पाटिलाइ पनि क्षमायाचना माग्यौ । हिमाञ्चललाइ भने काबार्हि गर्नुपर्छ । भन्यौ जनमुक्ति सेनाबाट निलम्न गर्याै । घेरा बाट भागेर उहाँ भारत गए । त्यो घटना हाम्रा लागि पनि नराम्रो क्षण थियो ।

तपाइ २०६४सालमा क्षेत्र नम्बर २ बाट पहिलो संविधान सभा सदस्य पनि हुनुभयो , किन हानिदै फेरि विप्लपमा हाम फाल्नु भो ?
एउटा लक्ष एउटा उदेश्य थियो । माओवादीको माक्र्सवाद , लेलिवाद, दर्शवाद थियो । त्यो नेपालमा पनि लागु गर्नु पर्छ भन्ने थियो । राज संस्था चेन्ज गर्नु पर्छ भन्ने थियो । तर हाम्रा माओवादीका नेताहरु प्नि संसदवादमा फस्नु भयो । माओवादीका एजेन्डाहरुलाइ आन्तरिक तथा बाह्य शक्तिहरुले असफल बनायो । हामीले विद्रोह गर्यौ संविधान सभा पनि विगठन हुन पुग्यो । पाटि पनि फुटको संघारमा पुग्यो । बैद्यय जि पनि गरि खाने जस्तो लागेन्न । त्यसपछि म युवा जोस जागर विप्लवको नेतृत्व ठिक हुन्छ भनेर विप्लवमा लागियो ।

अब राजनितिबाट विश्राम लिन खोज्नु भएको हो ?
 मेरो ३० बर्षिय राजनितिक जिवन हो । म पाटिगत राजनितिमा सन्तुस्ट भएन म विद्रोह गर्दै विप्लप पाटिमा आए । स्वास्थ्यकाकारण दौढधुप गर्न नसक्ने कारणले गर्दा पनि हो । राजनिति गनै पर्छ । भन्ने होइन म सामाजिक अभियन्ता भएर पनि जनताको पक्षमा लड्छु ।

नेकपा एमाले र माओवादीको एकता लाइ कसरि लिनु हुन्छ ?
यो एकता स्वार्थका लागि हो । पद र प्रष्टिाका लागि हो जस्तो लाग्यो । किन दुइ ओटा अध्यक्ष चाहियो ।सिदान्त र विचार मिलेको भए एउटै नेता भए भैगोनी एकता खासै होला जस्तो लाग्दैन ।

तपाइ भारतिय विस्तारबाद भन्दै हिड्ने मान्छे, लिपलेकको बारेमा के भन्नु हुन्छ ?
अहिले संचारमाध्याममा भारतले २३ किलोमिटर सडक बनाएको छ भन्ने सुन्न आएको छ । यो नेपालको सार्वभौमसता राष्टियता माथिको हस्तक्षप हो । लिपुलेक नेपालको भुमी हो । भारतले पुर्व मेचि महाकाली सम्म सिमा मिचेर राष्टियता माथि घात गरे जस्तो लाग्छ ।

छोटो प्रश्नको छोटो उतर दिनुहोला:
रमेश के सी : जिवन के हो ? जिवनको सिकाइ के रहयो ?
शंकर खड्का : जिवन संर्घष हो संघर्ष गर्नु पर्छ । गलत तत्वको विरोदमा लड्नु पर्छ ।भन्ने मेरो जिवनको सिकाइ हो ।

रमेश के सी :  पढ्नु पर्ने पुस्तक के हो जस्तो लाग्छ ।
शंकर खड्का: मैले धेरै पुस्तक पढे घरमा पनि २, ३ सय पुस्तक छन । समाज र दर्शन शास्त्रकोरुपमा माहाभारत र पुराण जस्तो लाग्छ ।

रमेश के सी:  तपाइलाइ मन पर्ने नेता को हुन ?
शंकर खड्का : कस्लाइ भन्ने नेपालमा गपरिखाने नेता छैन्न । म निरास छु । मदन भन्डारि र प्रचन्ड पनि लाग्दैन्न । प्रचन्ड हुनकि भन्ने लागेको थियो । पछिल्लो समयमा उहाँको पनि कुनै प्रभाव परेन ।

रमेश के सी: घरमा को को हुनुहुन्छ ?
शंकर खड्का: श्रीमति , छोरा बुहारी , छन ।

रमेश के सी: लकडाउनको समय कसरि विताइ राख्नु भएको छ ?
शंकर खड्का :करेसाकारिमा काम गर्छु । घरपरिवारलाइ सहयोग गर्छु ।

रमेश के सी: अन्तिममा थप केहि भन्नु हुन्छ ?
शंकर खड्का : कोभिड १९ दुस्मन भएर आएको छ । स्टारवारमा लड्ने शक्तिm भएका अफ्रिका , रुस जस्ता देशहरु धरासाहि भएका छन । नयाँ किसिमको विश्व बेवस्थाको ढोका खोल्ला जस्तो छ । हामी नेपालीहरु हावा पानीका कारण लवाइ खवाइले अरुभन्दा फरक र बलिया जस्ता देखिएका छौ । लकडाउनलाइ सबैले सदुपयोग गरौ घरमै बसौ । धन्यवाद