बझाङको सुर्मामा लकडाउन उल्लङ्घन

टेकेन्द्र बोहरा,बझाङ – जिल्लामा लकडाउनको उल्लङ्घन बढ्दै गएको छ । विश्वव्यापि महामारीको रुपमा फैलीएको कोरना भाईरस न्यूनिकरणका लागि सरकारले देश लकडाउन गरेको भएपनि बझाङको सुर्मा गाउँपालिमा जोड्ने सडकहरुमा भने धमाधम साना– ठुला सवारी साधन चल्न थालेका हुन ।

सदरमुकाम नजिकै रहेको सिमखेत बजारको चिउडीखानबाट सुर्मा गाउँपालिका जोड्ने सडकहरुमा लुकी–छिपी दैनिक रुपमा सवारी साधन चल्ने गरेको स्थानियले बताएका छन ।

स्थानियहरुले गोदावरी न्युज संग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय बझाङ, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवसायि र सुर्मा गाउँपालिकामा यस बिषयमा खबर गरेपनि कुनै चासो नलिएको बताए । दैनिक रुपमा सवारी पास बिनाका साना–ठुला सवारी साधन यसरी निर्वाध रुपमा सञ्चालन भईरहेको स्थानियको आरोप छ । सवारी साधन चल्न थालेपछी सुर्मा गाउँपालिका वडा नम्बर १,२,३ र ४ लगाएत जयपृथ्वी नगरपालिका ८ का स्थानियहरु कोरना भाईरस सर्ने डरले त्रसित बनेको छन ।

बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डले यस बिषयमा बुझ्ने र लकडाउनको उल्लङ्घन गरेको पाईएमा कारवाहि गरीने बताए ।