कतै बिक्दैन इमानदारी,घुस नखाई के गर्छ
आफ्नो नियत नबिगारी,घुस नखाई के गर्छ
घुस दिएरै पाएको हो,ठू।।।लो पद र जागिर
घुस खुवाउने कर्मचारी,घुस नखाई के गर्छरु
बेला बेलामा लाग्छ धक नरमाइलो लाग्छ
रमाइलो लाग्नुपर्ने भरसक नरमाइलो लाग्छ
गाडी हेरेर मर्न मन छ भनेकी छिन् आमाले
पुग्दा पनि गाउँमा सडक नरमाइलो लाग्छ।
कुनै घटना घट्छ कि,क्षणभरका लागि
पर्खेर बसेका हुन्छन्,अवसरका लागि
एउटा हस्पिटलमा आगो लागेको छ
खुसीको खबर हो यो,युटुबरका लागि।
नगरेनी उद्योगमा लगानी,खुसी लागेकोछ
केही रोजगारी नहुँदा नि,खुसी लागेकोछ
हरेकबर्ष वृद्धभत्ता बढाई रहेकोछ सरकार
ढल्की रहेकोछ जवानी,खुसी लागेकोछ।
हिँडिरहनेछु जिन्दगीभर हिँडीरहेकोछु
आफ्नै गतिमा सरासर हिँडिरहेकोछु
त्यतिठूलो सपना छैन,पुग्नै पर्ने ठाउँछैन,
हेरौं कहाँ पुगिन्छ निरन्तर हिँडिरहेकोछु।
सोच्छ्यौ तिमी पल्टनमा छ मज्जामा छ
सोच्दिनौ कहाँ छ रु कस्तो अवस्थामा छ
दुश्मनले सीमा मिचिरहेछ आँखै अगाडि
प्रिया यतिबेला तिम्रो सिन्दुर खतरामा छ।
गरेर अनेक जालझेल सांसद बनेका छन्
पहिलेका गोठाला अचेल सांसद बनेका छन्
डिग्रीपास गरेकाले भाँडा माझ्छन परदेशमा
देशमा पाँच कक्षा फेल, सांसद बनेका छन्।
थरी थरीका बाहाना बनाई कंगाल भनेर
कसरी पाल्छस् के छ कमाई,कंगाल भनेर
उसैको श्रीमान आज सहयोग माग्न आुछ
जसले छोडेकी थिइन् मलाई,कंगाल भनेर।
दुस्ख पीडा होस,या उमँग दाज्न छोड्दिनुहोस
एउटा भाडोमा अनेक रँग दाज्न छोड्दिनुहोस
पछि आउदै गरेकालाई हेर्नुहोस खुसी हुने भए
आफुलाई अघि पुगेका सँग दाज्न छोड्दिनुहोस
देशको सम्पत्ति आफ्नै,बिर्ताठाने पुग्छ
घरमै,हुस्की बियर,घरमै,तिनपाने पुग्छ
देश चलाउन नजाने केही फरक पर्दैन
सरकारमा पुगेपछी खानजाने पुग्छ।
Admin