ओलम्पियन दीपक र सागको दोहोरो स्वर्ण विजेता आयशाले गरे अनाथलाई सहयोग

काठमाडौं: ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद ९साग० की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरहेका छन् ।

दीपक र आयशाले केन्द्रमै पुगेर १० बोरा चामल, चिउरा २ बोरा, दाल २ बोरा , तेल १ कार्टुन, नुन १ बोरा, भुजा १ बोरा, चिनी ५ केजी, चियापत्ती १ केजी, चाउचाउ ४ कार्टुन, बिस्कुट २६ दर्जन हस्तान्तरण गरेका थिए । खाद्यान्न सामग्री केन्द्रका संस्थापक अध्यक्ष कृष्णराज गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

उक्त सामान खरिदका लागि आफ्ना बाबु जुजुरत्न शाक्यले पनि आर्थिक सहयोग गरेको आयशाले जानकारी दिइन् । आशया र दीपक श्रीमान् श्रीमती हुन् । आयशाले केहि दिन अघि कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहीनलाई खाद्यान्न वितरण गरेकी थिइन् ।

केन्द्रका अध्यक्ष कृष्णराज गुरुङका अनुसार केन्द्रमा ५५ जना बालबालिकाले आश्रय लिइरहेका छन् । हस्तान्तरण कार्यक्रममा बागमति प्रदेश सभासद गणेशप्रसाद दुलाल र काठमाडौं महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटालगायतको उपस्थिति थियो ।