राष्ट्र बैंकले निर्देशन दिएपनि सबै ऋणीलाई छुट दिन नसकिने बैंकर्सहरुको भनाइ

काठमाडौं:नेपाल राष्ट्र बैकले निर्देशन दिए पनि बैंकर्सहरुले ऋणीलाई ब्याजमा २ प्रतिशत छुट दिन सक्ने अवस्था नभएको बताएका छन् ।

मंगलबार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखहरुले राष्ट्र बैंकका निर्देशन प्रति असहमति जनाएका हुन् ।

सरकारले लकडाउन गरेपछि उद्योग प्रतिष्ठान बन्द भएपछि नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको थियो ।

बैकर्सहरुले सवै उद्योग प्रतिष्ठान तथा ब्यवसायको प्रकृति हेरेर मात्र सहुलियत दिन सकिने बताएका छन । बैंकर्सहरुले सवै खालका उद्योग, ब्यवसाय तथा प्रतिष्ठानमा छुट दिन नसकिने बताए ।

बैंकर्सहरुले कोरोनाको असर सबै क्षेत्रमा नपरेकाले सबैले ब्याज छुट पाउने गरी निर्देशन आउनु ठीक नभएको जिकिर गरेका छन् वास्तविक समस्यामा परेका उद्यमी ब्यवसायीहरुलाई मात्र बैंकले सहयोग गर्न सक्ने तर सबै ऋणीलाई राहतको अवश्यकता नपर्ने बैंकर्सहरुको जिकिर छ ।

अर्थ समितिको छलफलमा बैंकर्सहरुले सबै क्षेत्र प्रभावित नभएकाले बढी प्रभावित भएका, कम प्रभावित भएका र प्रभाव नपरेका उद्योगहरुलाई छुट्याएर मात्र सहुलियतको ब्यवस्था गर्न सकिने बताएका छ ।