सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २ गते अपरान्ह ४ बजे पेश हुने

net

काठमाडौं:  सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २ गते अपरान्ह ४ बजे पेश हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिपतिलाई अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त वैठकमा जेठ २ गते अपरान्ह ४ बजे पेश गर्नु हुने छ ।

नीति तथा कार्यक्रम पेश भएपछि हुने छलफल पश्चात आगामी जेठ १५ गते सरकारले आर्थिक बर्ष २०७७र७८ को बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।