धनगढीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहनसंगै विरोध प्रदर्शन

धनगढी: भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जोडने सडक निर्माण गरी उद्घघाटन गरेको भन्दै धनगढीमा विरोध गरिएको छ। राष्ट्रिय जनमोचाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दै विरोध जनाएको हो।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्टले धनगढीसंगै महेन्द्रनगर, डोटी र डडेल्धुरामा पनि विरोध कार्यक्रमको आयोजना गरिएको बताए। लिपुलेक अतिक्रमण गरेको बिरोधमा भौतिक दुरी कायम गरी पुतला दहन गरेको उनले बताए।