स्वास्थ्य चौकिमा खानेपानीको हाहाकार

दिपकराज जोशी, बझाङ: कार्यालय समयको १ घण्टा खोलाबाट बाल्टिनमा पानी बोकेर जम्मा गर्ने कार्यलय सहयोगि रामप्रशाद जोसि को दैनिकि छ । जयपृथ्वि नगरपालिका ७ स्थित सुबेडा स्वास्थ्य चौकि मा पिउने र सरसफाई गर्ने पानी को समस्या रहेको छ । दश बर्ष अगाडि खानेपानीको धारा निमार्ण त भएको थियो, तर पाईप जमिन भित्र नगाडिएको ले करिब छ सय मिटर पाईप चोरि भयो । त्यो पानीको मुहान पनि सुकेर गएपछि अहिले धाराको मुर्तिमात्र छ भन्छन स्वास्थ्य चौकि प्रमुख एचए बिनोद खड्का । वडा अध्यक्ष एबम स्वास्थ्य चौकि व्यबस्थापन समिति का अध्यक्ष हरिचन्द जोशिले चासो नदिदा अहिले सम्म पानी को समस्या पुरा नहुन सकेको स्वास्थ्य कर्मि राधा राना बताउछन । बर्थिङ सेन्टर मा सुत्केरि का लुगा कपडा र अन्य सामान सरसफाई गर्न नजिकै रहेको चौपाख्या खोलामा जानुपर्ने बाध्यता छ भन्छिन बर्थिङ सेन्टर कि अनमि ममता खत्री । स्वास्थ्य चौकि व्यबस्थापन समितिको बैठक बसेका बेला पानी को समस्याबारेमा सबैले चिन्ता मात्र व्यक्त गर्ने गरेको तर पानी ल्याउन पहल नगर्ने गरेको स्वास्थ्यकर्मि बताउछन । वडा अध्यक्ष जोशि योजना हालेर पानी ल्याउने भन्न लागेको पनि ३ बर्स बित्न लागेको छ तर अहिले सम्म ७ नम्बर वडा कार्यालय मा र स्वास्थ्य चौकिमा खानेपानी छैन ।

जयपृथ्वि नगरपालिका भरि सबै भन्दा बढि सुत्केरि हुन आउने सुबेडा स्वास्थ्य चौकि रहेको छ । खोला बाट बिस लिटर पानी बोकेर ल्याएर बाल्टिनमा भर्ने गरिन्छ । कोरोना रोगबाट सङ्क्रमण कम गर्नका लागि झन बढि हात धुने काम गरिने भएको ले आजकाल बिहान पानी जम्मा गरेर फिल्टर गर्ने गरेको कार्यालय प्रमुख खडका ले बताए । स्वास्थ्य चौकि र वडा कार्यालय आसपास खानेपानी अभाब रहेको छ । सुत्केरि का लुगा कपडा सफा गर्ने स्वयम् ले पानी बोकेर ल्याउने गरेको स्थानिय बताउछन । समस्याको बारेमा आफुलाई थाहा भएको र पानीको मुहान खोजेर अब छिटै पानी को सुबिधा दिने भन्छन , जयपृथ्वि नगरपालिका का मेयर बिरेन्द्र खडका ।

पानीको समस्या बारेमा आफुले स्थानिय सङ्ग मुहानको पटक पटक छलफल गरेको तर काम गर्न नसकिएको स्विकार्य उपमेयर जुना जाग्रिले ्र स्वास्थ्य सस्थामा पर्याप्त पानी नहुदा सङ्क्रमण हुने सम्भावना बढि हुने हुन्छ । शुद्द पिउने पानी र सफाई गर्न बर्सायाममा खोला धमिलो हुने भएको ले यो समय झनै समस्या हुने गरेको अनमि दुर्गा बम्म जोशि ले बताईन । स्वास्थ्य चौकि बाट खोला करिब दुई सय मिटर टाढा रहेको छ । सरोकारवाला जानकार भएपनि निर्माण का कार्यले गति लिएको देखिदैन ।