केदारस्युँ गाँउपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीसँग गरिएके कुराकानी

खाद्यान्न भण्डारण गरेको देखाउँदै केदारस्युँ गाँउपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी ।

देशमा भैरहेको लकडाउनको बेला आफ्नो पालिकाभित्रका नागरिकहरुलाई भोकमरी हुन नदिन केदारस्युँ गाउँपालिकाले खाद्यान्न भण्डारण गरेको छ । पहिलो चरणमा विपन्न गरिब परिवारहरुलाई खाद्यान्न वितरण गरेको गाउँपालिकाले अहिले भोकमरीलाई मध्यनजर गर्दै खाद्यान्न भण्डारण गरेको हो ।

नौ वडा रहेको गाउँपालिकाभित्र दुई हजार परिवारलाई राहत विरण गर्ने लक्ष्य भएको बताउँदै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भन्डारीले लकडाउन लम्बिन सक्ने हुँदा खाद्यान्न खरिद गरी भण्डारण गरेको बताए । गाउँपालिकाले पहिलो चरणमा ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको र पुनः खाद्यान्न सकिएका घरपरिवारमा खाद्यान्न दिने योजना रहेको बताए ।