विश्वभर १२ लाख ४१ हजार बढी कोरोना संक्रमित निको भए, चीनमा ३९५ मा मात्रै कोरोना सक्रिय

काठमाडौं: महामारीको रुप लिएको कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा साढे चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २७२ पुगेको छ । संक्रमण हुनेको संख्या भने ३७ लाख २५ हजार ७७५ पुगेको छ ।

सङ्क्रमितमध्ये १२ लाख ४१ हजार ६८७ सय भने उपचारपछि घर फर्किएका छन् । यो निको हुनेको संख्या ज्यान गुमाउनेको भन्दा ४।८० गुणा बढी हो । यो समाचार तयार पारिसक्दासम्म कोरोना संक्रमितमध्ये ३३।२९ प्रतिशत निको भएका छन् भने ६।९२ प्रतिशतको मात्र मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टमा मात्रै विश्वभर कोरोनाबाट ५ हजार ७७२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।

विश्वभर अहिले २२ लाख २६ हजार बढीमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४९ हजार २२८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कुन दशेको अवस्था कस्तो ?

अमेरिका:

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ७२ हजार २२७ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने १२ लाख ३७ हजार ६३३ पुगेको छ ।

संक्रमितमध्ये २ लाख पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ६४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार १७९ को अवस्था गम्भीर रहेको छ ।

इटाली:

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ हजार ३१५ पुगेको छ । अहिलेसम्म त्यहाँ २ लाख १३ हजार कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये ८५ हजार २३१ पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ९८ हजार बढीमा कोरोना सक्रिय रहेको छ भने १४ सय बढीको अवस्था गम्भीर रहेको छ ।

स्पेन:

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ५६१ पुगेको छ ।

स्पेनमा कोरोनाका कारण २५ हजार ६१३ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ५४ हजार ७१८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ७० हजार २३० जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये २ हजार २५४ सयको अवस्था भने गम्भीर रहेको छ ।

बेलायत:

अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ४२७ पुगेको छ । संक्रमितको संख्या भने १ लाख ९४ हजार ९९० पुगेको छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ६५ हजार २१९ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीको अवस्था गम्भीर रहेको छ ।

फ्रान्स:

कोरोनाले भयावह बनाएको अर्को देश हो, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ५३१ पुगेको छ । संक्रिमतमध्ये ५३ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९२ हजार बढीमा कोरोना संक्रिय रहेको छ । तीमध्ये ३ हजार ४३० को अवस्था भने गम्भीर रहेको छ ।

जर्मनी:

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६७ हजार पुगेको छ । मृत्यु हुनेको संख्या भने ६ हजार ९९३ पुगेको छ । अहिले जर्मनीमा २४ हजार ९१४ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख २५ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

टर्की:

टर्कीमा पनि कोरोना संक्रमित हुनेको संख्या एक लाख २९ हजार नाघेको छ । अहिलेसम्म त्यहाँ ३ हजार ५२० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७३ हजार २८५ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ५२ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये १५ सयको अवस्था गम्भीर रहेको छ ।

रूस:

पछिल्लो समय कोरोना भाइरसको नयाँ हटस्पट रूस बनेको छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेको छ । अहिलेसम्म रूसमा एक लाख ५५ हजार बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने १ हजार ४५१ पुगेको छ । संक्रमितमध्ये १९ हजार बढी पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ १ लाख ३४ हजार बढीमा कोरोना संक्रिय रहेको छ । तिमध्ये २ हजार ३ सयको अवस्था गम्भीर रहेको छ ।

ब्राजिल:

ब्राजिललाई पनि कोरोनाले निकै सताएको देखिन्छ । अहिलेसम्म त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख १४ हजार पुगेको छ भने कोरोनाका कारण मृत्यु हुेको संख्या ७ हजार ९१२ पुगेको छ । संक्रमितमध्ये ४८ हजार २२१ पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ८ हजार ३ सयको अवस्था गम्भीर रहेको छ ।

इरान:

इरानमा टर्की र रूसमा भन्दा कम संक्रमित भए पनि मृतकको संख्या भने बढी रहेको छ । अहिलेसम्म इरानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४० पुगेको छ । अहिलेसम्म त्यहाँ ९९ हजार ९७० संक्रमित भएका छन् । संक्रमितमध्ये ८० बढी निको भएका छन् ।

चीन:

कोरोनाको उद्गम स्थल चीन भने अहिले ३९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ८३५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाभाइरस महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा १८५ र इटालीमा २३६ जनाको मृत्यु भएको छ । कुनै बेला यी २ देशमा एकैदिन एक हजारसम्मको मृत्यु हुने गरेको थियो । NEWS24