बैतडीमा क्वारेन्टाइन जाँदै गर्दा मृत्यु भएका मजदुरको रिपोर्ट ‘नेगेटिभ’

धनगढी: क्वारेन्टाइन जाँदै गर्दा बाटोमै मृत्यु भएका बैतडीका जुने लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्वर ६ मनकाली बस्ने ६७ बर्षीय लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

उनको मृत्युपछि थ्रोट स्वाब संकलन गरेर धनगढीमा परीक्षणका लागि पठाईएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। लुहारको वैशाख २० गते क्वारेन्टाइनमा जाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।