बझाङकी सुत्केरी महिलालाई हेलिकप्टर बाट उद्दार गरी काठमाडौ लगियो

धनगढीः विश्वभर लकडाउनका कारण गाडीबन्दको मारमा बिरामीहरु पर्दै गरेका छन, यसै क्रममा बैशाख १२ गते जिल्ला अस्पताल बझाङमा केदास्यू गाउपालिका २ बझाङकी ३३ बर्षिया जानकी देवी रावलको अपरेसन द्वारा प्रसुती गराई बच्चा निकाली सकेपछी पेट दुख्ने समस्या आएसँगै सेती प्रादेशिक अस्पतालमा रिफर गरेकी महिलालाई आज सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएका कारण सामाजिक विकास मन्त्रालयको सिफारिसमा काठमाण्डौं बाट सिम्रिक एयरलाईन्सको हेलिकप्टरबाट टिचिङ अस्पतालमा लगिएको छ ।

धनगढीमा हेलिकप्टर बाट उद्दार गरी काठमाडौ लग्ने तयारी गरिदै,

सुदूरपश्चिममा अकालमै सुत्केरीले ज्यान नगुमाउन भनेर सामाजिक विकास मन्त्री सुवेदीद्वारा तत्काल हेलिकप्टर झिकाई उद्धार गरेका हुन ।
यस्ता किसिमका जटिल सहयोग मन्त्रालयको एयर लिफ्टिङ कार्यक्रमबाट मिलान गरिने कुरा सामजिक विकाम मन्त्रालय स्रोतले जानकारी दिए ।