भु स्वर्ग खप्तड

Khaptad

खप्तडको अलौकिक र अनुपम सुन्दरताले गर्दा जो कोहीलाई मन्त्रमुग्ध बनाउछ । प्राकृतिक, जैविक, धार्मिक, सा“स्कृतिक, ऐतिहासिक तवरले छुट्टै महत्व बोकेको खप्तडमा पुग्दा पर्यटकहरु स्वर्गको अनुभुति गर्छन् ।

रिदम सिंह ठकुरी,बझाङ:भु स्वर्गका नामले चर्चित खप्तड पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटकका आर्कषर्णको केन्द्र बिन्दु बन्दै गएको छ । धार्मिक, अध्यात्मिक, पर्यावरणिय र भौगोलिक सुन्दरता जस्ता महत्व बोकेको खप्तड हरेक मौसममा रहस्यमयी देखा पर्छ ।मंसिर देखी फागुन सम्म हिउको सेतो पछ्यौरा ओढ्ने खप्तडका पाटनहरुमा बैसाख जेठमा विभिन्न जडिबुटी र बुकीको हरियो तन्ना ओच्छ्याइय जस्तो हुन्छ । राता र पहेला फुलहरुले वर्षायाममा ढकमक्क ढाकिने यो क्षेत्र भदौ असोजमा फुलेका रंगिविरगी फुलका कारण कुशल मालिले सजाएको फूलबारी जस्तो देखिन्छ । पछिल्लो समय खप्तड घुम्ने पर्यटकको संख्या हत्तै बढेको पाईन्छ ।
अरुबेला गोठाला र गोरु भैसी मात्र देखिने खप्तडमा,दशहरा मेला र जनै पुर्णिमाको बेला खप्तड आसपास गाउ“का मान्छे भेला हुन्थे । गोठाला मात्रै । बर्षमा २÷३ नया“ मान्छे झुक्किएर पुग्थे । अचेल टाढा–टाढाबाट घुमफिर गर्न, रमाउन, अध्ययन, अनुसन्धान गर्न आउने नया“ अनुहारहरु संख्या दिन दिनै बढ्दैछ । ‘हामी गाईभैसीं गर्ने ठाउ“मा यसरी ‘टुरिस्ट’ ओइरेलान् भनेर कल्पना गरेकै थिइन ।’ खप्तडछान्नाका स्थानिय मंगल बहादुर खड्काले भने । अहिले उनि एउटा सामाजिक संस्थासंग आबद्ध छन् । कामको सिलसिलामा संघिय राजधानी काठमाण्डौ लगाएत अन्य जिल्ला घुमि रहनु पर्ने काम पर्छ , खप्तडको बारेमा थुप्रै मानिसले खप्तडको गुनगान गाएको सुन्दा खुशि लाग्ने गरेको उनले सुनाए ।

Khaptad Nepal
खप्तड राष्ट्यि निकुञ्जभित्रका मनोरम पाटन । तस्विर: रिदम सिंह ठकुरी ।

महेन्द्रनगरका कृष्णदत्त अवस्थीले खप्तड राष्ट्रिय निकुञ्जमा जागिर थालेको १७ बर्ष भयो । यस अवधीमा उनले खप्तडलाई नजिकबाट नियाल्ने मौका पाएका छन् । प्राकृतिक र जैविक विविधता, पर्यटकिय तथा धार्मिक महत्व बोकेको खप्तडको महिमा त उहिले पनि कम थिएन । तर खप्तडको महत्व बुझेर यहा“ घुम्न मानिसहरु भने विरलै मात्र आउथे । उबेला र अहिले धेरै फरक भइसकेको छ । ‘पाटन र जंगल स्थानीयहरुको बस्तुभाउ चर्ने र घा“स काट्ने ठा“उ मात्र थियो, यति धेरै पर्यटकको ओइरो लाग्ला भन्ने सोचेकै थिएन ।’ भन्छन्, ‘प्रचारप्रसार, इन्टरनेट तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा खप्तडले नया“–नया“ पाहुनाहरुको स्वागत गर्न पाएको छ ।’

बाह्य पर्यटकको आकर्षणः
दशक अघि खप्तड सिमित मान्छेकोहरुको जानकारीमा मात्र थियो । पछिल्लो समय प्रचारप्रसारले गर्दा यो विश्वभर प्रख्यात हुदै गएको छ । देश तथा विदेशका पर्यटकहरु आउछन् । घुमफिर गर्न पाउदा फुरुगं पर्छन् । निकुञ्जका रेन्जर सुनिल बोहराका अनुसार दैनिकजसो ८०÷९० पर्यटकहरु खप्तडमा रमाइरहेका भेटिन्छन् ।
फागुनदेखि मंसिरसम्म यो संख्या अझ बाक्लिने गर्छ । पुस र माघको महिना हिउ पर्ने भएकाले अलि कम हुन्छन् । तर हिउसंग रमाउन पुग्नेहरुको संख्या पनि उल्लेखनिय नै हुने गर्छ । त्यसै पनि खप्तड सुदुरपश्चिम प्रदेको प्रमुख पर्यटकिय गन्तव्य मानिन्छ । खप्तडको अलौकिक र अनुपम सुन्दरताले गर्दा जो कोहीलाई मन्त्रमुग्ध बनाउछ । प्राकृतिक, जैविक, धार्मिक, सा“स्कृतिक, ऐतिहासिक तवरले छुट्टै महत्व बोकेको खप्तडमा पुग्दा पर्यटकहरुको स्वर्गको अनुभुति गर्छन् ।

पर्यटकको संख्यामा बृद्धीः
पछिल्लो समय खप्तड घुम्ने पर्यटकहरुको संख्यामा बृद्धी हुन थालेको छ । खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको रेर्कड अनुसार बार्षिक पछिल्लो समय खप्तडम घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्धी हुन थालेको छ । आर्थिक वर्ष २०७३÷७४ सालमा ५ हजारले भ्रमण गरेको खप्तडमा ७४÷७५ सालमा करिब ७ हजार जना यहा“ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र बहादुर चन्दले बताए ।

Khaptad
खप्तड राष्ट्यि निकुञ्जभित्रका मनोरम पाटन । तस्विर: रिदम सिंह ठकुरी ।

 

गत वर्षको गंगादशहरा मेलालाई खप्तड महोत्सवको रुपमा मनाएका कारण खप्तडको प्रचारप्रसार भएको र यो वर्ष यो संख्यामा दोब्बर बृद्धी हुने आफुहरुको अनुमान रहेको उनको भनाई छ । ‘आर्थिक बर्ष २०७४।०७५ तुलनामा यो वर्ष टुरिस्टहरुको फ्लो निकै बढेको छ । यो आर्थिक वर्षको अन्त्य सम्ममा २५ हजारभन्दा बढीले अनुमान गरेका छन् ।’ उनले सार्क मुलुक तथा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या पनि बर्षेनी बढ्दै गएको बताए । खप्तड पुग्नेहरुले सामाजिक संजालहरुमा गरेको प्रचारले पनि यहा“ पर्यटकको आगमनलाई बढावा दिइरहेको उनले बताए ।

चार जिल्लाको संगम खप्तडः
बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलमा रहेको खप्तडको पौराणिक महत्व आर्षपुराण लगायत विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । त्यो समयमा मायावी शक्ती भएका देवीदेवताहरुले गगनचरीको भेष धारण गरि खप्तडको आकासमा रमाउने गरेको, शिव आदी देवता र सिद्धहरुको क्रिडास्थलको रुपमा रहेको खप्तड क्रृषिमुनिहरुको पनि तपस्थली भएको उल्लेख छ ।
महाभारतको युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचन गर्नका लागी खप्तडका पाटनमा रा“गा भैसीको बथानमा रा“गोको भेषमा विचरण गरिरहेका शिवको दर्शनको लागी पाण्डबहरु यहा“ आएको कुरा विभिन्न पुराणिक दस्तावेजहरुमा उल्लेख गरिएको छ । शिवजीले पाण्डवलाई दर्शन दिइसके पछि ढुङ्गाको भेष धारण गरेको उनका गहनाको रुपमा रहेका नागहरुलाई पनि ढुङ्गो बनाएको किवंदन्तीहरु अहिले पनि प्रचलनमा छन ।

khaptad
खप्तड राष्ट्यि निकुञ्जभित्रका मनोरम पाटन । तस्विर: रिदम सिंह ठकुरी ।

 

सहस्त्रलिङ्ग, केदार ढुङ्गा, नागढुङ्गा, भुदेउ ढुङ्गालाई शिव स्वरुप मानेर पुजा गर्ने चलन अहिले पनि कायमै छ । यस क्षेत्रमा खप्तडबाबाका नामले चर्चित स्वामी सचितान्नद सरस्वतीले करिब ५० वर्ष सम्म तपस्या गरेका गरेर सिद्धी प्राप्त गरेका कारण पनि यस क्षेत्रको धार्मिक महत्व झन बढेको छ ।

२२ पान ५३ तालः
२ सय २५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा २२ पाटन र ५३ ताल छन् । जसले गर्दा पनि खप्तड नेपालकै सुन्दरतम ठा“उ मध्ये एक मानिन्छ । रंगिविरंगी फूलले ढाकिएका ठुला पाटनहरुले फुल फुल्ने बेलाको छुट्टै आकर्षण दिन्छन् ।
खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यहा“ विभिन्न किसिममा २ सय २४ प्रकारका बनस्पतीहरु पाइन्छन् । १२ वटा गुफा रहेको खप्तडमा २ सय २६ किसिमका पंक्षिहरु, बाघ, भालु लगायत २० भन्दा बढी प्रजातिका बन्यजन्तुहरु पाइन्छन् । खप्तडबाबा आश्रम, त्रिवेणीधाम, खप्तड दह, सहस्रलिङ्ग, खापरदह, शिव मन्दिर लगायत स्थानहरु प्रसिद्ध छन् । बिषेश गरेर हिन्दु धर्मावलम्बीहरुका लागि पावन तिर्थस्थल भएका कारण गंगा दशहरा, जनैपुर्णिमा जस्ता धार्मिक पर्वमा नेपाल मात्र नभएर भारतबाट समेत हजारौ तीर्थयात्रीहरु मेला भर्न यहा“ पुग्छन् ।

khaptad
खप्तड राष्ट्यि निकुञ्जभित्रका मनोरम पाटन । तस्विर: रिदम सिंह ठकुरी ।

खप्तडको सिमाना पर्ने चार जिल्लाकै बाटो भएर खप्तड पुग्न सकिन्छ । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट डोटी भएर खप्तड हुदै बझाङ वा बझाङ, खप्तड हुदै डोटी झर्न सकिन्छ । डोटीबाट यात्रा गर्न चाहानेहरुले खप्तडको फेदी झिग्राना सम्म गाडीको यात्रा र त्यहा“बाट पैदल वा घोडाको यात्रा गरेर खप्तड पुग्न सकिन्छ । बाजुरा र अछाम जिल्लाको बाटो हुदै पनि खप्तड पुग्न र फर्कन सकिन्छ ।

यस्तै बझाङको बाटो यात्रा गर्न चाहानेहरुले पनि खप्तड छान्ना गाउ“पालिकाको मेल्तडी सम्म गाडीबाट यात्रा गर्ने सुविधा छ । त्यहा“बाट चार घण्टाको पैदल वा घोडाको यात्रा पछि खप्तड राष्ट्रिय निकुञ्जको घोडादाउना पाटनमा पुगिन्छ । खप्तड छान्ना गाउ“पालिकाको लामातोला र माझिगा“उमा सुविधा युक्त होमस्टेको व्यवस्था छ । पर्यटकहरुको अनुभवमा यो रुट सबैभन्दा छोटो र सजिलो पर्छ ।
खप्तडमा बिशेषगरी आन्तरिक पर्यटकहरु बढि पुग्छन् । विदेशी पर्यटकहरुलाई बढाउन सके स्थानीय पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने होटल व्यवसायी बताउछन् । स्थानीय अर्थतन्त्र मजबुत बनाउने दरिलो आधार हुन सक्ने भएकाले प्रचारप्रसार र प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताउछन् ।