काठमाडौंः वीरगञ्ज महानगरपालिकाको छपकैयाका थप एक जना युवकमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया टोलका ३६ बर्षिय पुरुषमा आईतबार कोरोनाको सँक्रमण पुष्टि भएको हो।
संक्रमित युवकको स्वाब सँकलन गरि राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा पठाइएको थियो । सँक्रमित युवकलाई उपचारको लागि नारायणी अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको छ।
नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगेको छ। उनलाई उपचारको लागि नारायणी अस्पतालमा आईतबार दिउसो ल्याइएको छ।
Admin