बझाङ:- बझाङको केदारस्युँ गाँउपालिकामा नयाँ बर्षको पुर्वसन्ध्यामा विपन्न तथा दलित परिवारलाई राहात वितरण गरिएको छ । एक्सिस टु हेभ नट्स अभियानले विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको हो । थलारा गाउँपालिका १ मा अस्थायी आवास भएका केदारस्युँ १ का भुमि नेपाली र थलारा गाउँपालिका १ पिपलकोट घरभई केदारस्युँ गाउँपालिका १ देउरामा बस्दै आएका विष्णुनाथ जोशीलाई राहात दिईएको अभियानका संयोजक डडेल्धुराका राजेन्द्र भट्टले बताए ।
भुमी नेपालीको परिवारलाई ५०/५० किलो चामल र गहुँ, ४ किलो दाल, २ किलो नुन, २ प्या...